Pages

Sunday, October 23, 2011

लोपन्मुख नौमती


                              दिन-रात गितारको धुन सुनिने मेरो कोठामा एक दिन , नौमती बाजा धुन कतै टाढा बाट गुन्जन थालो बिस्तारो-बिस्तारो त्यो धुन ठुलो तथा नजिक हुदै गयो ।
                                त्यो धुन संगै मेरा बचपनका याद हरु दौडदै आउन लागे जति बेला म यो धुन कानमा पर्ने बितिकै कुद्दै त्यो धुन तिर  दौडदै पुग्थे  । सिरमा फाटेको टोपी, ठाउँ-ठाउँ मा प्वाल परेको सुरुवाल , एउटा बुडो भै सकेको आस्कोट दौरा माथि उनीले लगाएका हुन्थे काध मा हात ले बुनेको झोला भिरेका हुन्थे र एउटा टेक्ने लठी लिएका हुन्थे । उनलाई पछायुदा-पछ्याउदै म हाम्रो घर पनि उनि संगै आउथे । तेती नै बेला यौटा आवाज औथियो चर्कहाटका साथ "तेसले घर छुनु हुदैन, ए त तेही ठाउमा बस "...."जदउ मालिक्नी जदउ"उनि बोल्थे ..म र उनि तेही आँगनको पल्लो कुना म बस्थेउ । उनि यसै गरि लगातार अब चै सास नै सकिन्छ जस्तै गरेर येही धुन निकाल्थे , अन्तेमा मेरी हजुर आमाले सानो प्लेटमा अलिकति चामल ल्याएर परै राखी दिन्थिन , तेस पछी मा लगेर दिन्थे । तेसपछी बिस्तारै त्यो धुन टाढा हुदै जादा मलाई नमज्जा लागेर आउथियो । 
दस बर्से माओबादी जनयूद तेस्पछीको ६२-६३ आन्दोलन गर्दा बैधानिक रुपले सानो र ठुलो जात बीचको खाडल (discrepancy) पनि पुरियर गयो । बिस्तारै-बिस्तारै समाजमा उनीहरु पनि घुलमिल हुन थाले , म यो कुरा भन्न हिचकिचाउन्ना दस वर्ष को समयमा सयौ वर्षको इतिहास म उनीहरु ठुलो अधिकार प्राप्त गरेका छन् । म आज एकदम खुसि छु यीनिहारू मेरो घरमा आउदा पर आँगन को कुना मा बस्नु पर्दैन, यिनी हरु पनि मेरो बुबा जस्तै समाज बिकाश र रास्ट्रीया कुरामा उतिकै चासो दिन्छन । मेरी आमा ले उनीहरु मेरो बुबा संगै बैठक कोठामा बस्दा घर भरि सुन पनि छार्कंनन । यो उनीहरुले समाज बुज्रुक भएर दियिएको न ठान्नु होला यो प्राप्त गर्न उनीहरुक हजारौ चेलीबेटी बिदावा, हजारौ बच्चा टुहुरा भयका छन् , सोजो भाषा मा भन्नु पर्दा "यसमा पनि रगतको सम्जौता छ "।
                                उनि मेरो घर आगाडीको गेटमा बसेर फुक्न थाले, उनि भय ठाउँमा जाने बितिकै मैले देखे "शर्टले दौरालाई भगायछ, हातमा घडी थपिएछ " अरु त केहि फरक थियन । मैले आफ्नु क्यामेरा निकालेर उनको तस्बिर खिच्न लाग्दा उनि हल्का लजाउदै आफुनु सिर को टोपी मिलाउन थाले 


 अनि उसरी नै सास जाला नै जस्तो गरेर तेही परिचित धुन नौमती बाजा (यसलाई धेरै जसो ले दमै बाजा पनि भन्छन , तर त्यो गलत तथा तल्लो दर्जाको भाषा हो) बाट निकाल्न थाले । जब मैले उनीलाई खल्ती बाट निकालेर पैसा दिए, उनीले मलाई सोधे "बाबु क गर्नु हुन्छ".."मा पद्छु"..फेरी उनीले भने "मेरो पनि एउटा छोरो मलेसिया अर्को साउदी मा छ ".....तेस्पछी बिस्तारि पहिला जसरिनै धुन घट्दै-घट्दै गयो । जब मा कोठा मा आएर पुस्तक पल्टाउन लाग्य थिए एउटा विचार मन मा आयो "मेरा सन्तति पनि मा जसरि नै  दौडदै यो धुनलाई  पछ्याउन पाउनेछन् ।
(तपाई नौमती बाजा को विडियो हेर्न चाहनु हुन्छ भने क्लिक गर्नु होस्)





1 comment: