Pages

Sunday, December 4, 2011

अनुपमलाई एक पत्र "तपाई पनि माग्ने"


                                                         22-Nov. 2011
                                                            21:33
                                                        International Hostel
                                                Sam Higginbottom Agricultural University

अनुपामा,
अनुपाम प्यार
            म यती बेला पडाईको सिलसीलामा मित्र राष्ट्र भरतको यात्रामा छु । यात्रा सिकाईको बाटो हो भन्छन, साँच्ची यो यात्राले यौटा रमाईलो ज्ञान दिएको , भनौन तिमीलाई एक पल्ट फेरी कुनै सन्कोच बेगार पत्र लेख्ने सक्ती दिएको आग्रा बाट कानपुर जाने क्रममा उत्तर प्रदेश परिबाहन को समय रातीको नौ बजे भएकाले आग्रा बस स्टेसनमा केही समय कुर्नु पर्ने भएको थियो त्यही क्रममा चिया पिउन बाहिर निस्केको थिए, एउटा गुम्ती अगाडिको कुर्सीमा बस्तै मैले भने "एक कप चाय बनाईदिजियन", एउटा बुडो पसलेले अङेनामा चियादानी बसाउदै भन्यो "और कुछ?"-"एक अंम्लेट" त्यस पछी अब तीनसय किलोमिटरको यात्रा कसरी काट्नु, ताजमहल कसरी तयार भयो होला भन्ने सोच्दा-सोच्दै मेरो अगाडि एउटा अग्लो मनिष आयो उस्को अनुहार बडो अजिबको थियो, ठुल्ठुला आँखा, कालो सेतो मिस्रित दार्ही अनुहार भरी, खपटे अनुहार युक्त त्यो मानिस कता-कता तेजस्वी देखिन्थियो अनी अनौठो तरिकाले मुस्कुराई रहेको थियो     यती धेरै निहुरिएको थियो कि उस्को घुडा सीर लगभग उतिनै जमिन बाट टाढा थिए खाली खुट्टा च्यातिएको पेन्ट अनी कमिज, यि सबै नियाल्दा मलाई गाह्रो परेन मुस्लिम थियो सबै भन्दा अनौठो अनी अजिब को कुरा अनुपमा उस्ले आफ्नु दाहिने हत्केला यसरी हल्लाईरहेको थियो, साँच्ची चिया को सुरुप सँगै मैले झड्का अनुभब गरिरहेको थिय । हातका तीन अम्ला बन्द गरेर बाँकी दुई औला दुई दिसा तर्फ निर्देसित गर्दै हातलाई घरी आफुतिर घरी अन्यन्त्र चाडो-चाडो लगिरहेको थियो भनौन अजिब तरिकाले हल्लाईरहेको थियो । उस्ले धेरै बेर मेरो अगाडि त्यसै गरी, त्यही कुप्रो शरीरका साथ उस्का औंला शाहीतको हात हल्लाईरयो, अनुपमा माफ गर उस्ले भन्न खोजेको मैले केही बुझिन मात्र यती बुजे उस्ले म सँग केही मागी रहेको थियो साँच्ची अनुपमा म सँग त्यती बेला खुल्ला पैसा थियन, उ म बाट खाली हात फर्कियो । जब म बस मा गएर बसे एक्कासी म झस्किए, उस्ले म सँग केही चिज मागी रएको थियो मैले केही दिईन उ खाली हात मेरो नजिक बाट गयो । उ माग्ने थियो, मैले उस्लाई केही दिईन । मलाई हास उठ्यो अनी लाग्यो म पनि माग्ने हुँ । म एक माग्ने, उ पनि माग्ने हाहा हाहा, है अनुपमा म एक माग्ने । कसरी तिमी माग्ने, सोच्लाउ पख म तिमीलाई भन्छु अनुपमा ।
             जन्मिने बितिकै रुदै-रुदै आमाको काख मागे,पवित्र दुध मागे , हर हमेशा उनी सँगै साथ मागे । बद्दै गए शब्द मागे, अरु जस्तै हिंड्न मन लाग्यो बुवा सँग औंला मागे, मिठा-मिठा मिठाई बिस्कुट मागे, खेल्न का लागि गूडिया  मागे, पिपिरी बाजा मागे कहिले काही त उनलाई नै घोडा बनाए । नजिकै को म जत्रै केटालाई म सँग खेल्नका लागि समय मागे । हरेक दसैंमा रोई-रोई नयाँ-नयाँ लुगा मागे, मिठो-मिठो खाना मागे । बिस्तारै ठुलो हुँदै जादा कती सँग मेरो गफ सुनिदिन कतीलाई म सँग हिनिदिन कतीलाई म सँगै खाना खान समय मागे पत्तो नै छैन । हजारौ सँग त मैले ज्ञान माग्या छु । हजारौ पटक बुवा सँग आमा सँग आफन्त सँग साथी सँग पसले सँग अपरिचित सँग पैसा पनि माग्या छु । पछी तिमी सँग भेट भए पछी त तिमीलाई थाहा छदै छ, तिमी सँग पहिला परिचय गरिदिन समय मागे, बिस्तारै गफ गरिदिन समय मागे, म सँगै हिडि दिन, खाना-खान,अन्य भन्न मिल्ने नमिल्ने के-के गर्न समय मागे । मैले लेखेको पत्र पडिदिन त्यस पछी पुन पत्र पठाउन, मेरो कल उठाउन अनी ईच्छा अनुसारको बात मार्न समय मागे । हाहा कती पटक त म सँगै जीवन बिताउन पनि तिम्रो अगाडि उभिएर तिम्रो आत्मा-सरिर मागे । फेरी एक पटक तिमी सँग यो पत्र पडिदिन समय मागेको छु अनी भन त, उस्मा र म मा माग्ने प्रकिती/स्टायल फरक होला, म माग्ने हैन त? पल-पल मा कसै सँग केही मागी रहन्छु अनी भन त अनुपमा म माग्ने हैन त? ए साँच्ची तिमी पनि त माग्ने त काम गर्छौ नि म जस्तै अरु कसै संग  माफ गर अनुपमा मैले भनिदिए तिमी पनि माग्ने अनि यो पढ्ने पनि माग्ने ।यात्रा भरि दानाको माला लगाएर सोची रहे, तिमीले भनेको सहि हुन सक्छ, दाना संगै खरानी घस्ने दिन टाढा छैन जस्तो छ, ढुक्क हौ तिम्रो आँगन आउने छैन  बाँकी अर्को पत्र मा लेखौला अनुपमा । पत्र पढे पछी डिलिट गर्न नाभुलेश 

                                                         उही तिमीलाई अनुपम प्रेम गर्ने
                                                                 सागर
                                                                                                               इल्लाहाबाद, उत्तर प्रदेश, भारत 
                                                                                                     Sam Higginbottom Agricultural University 



Wednesday, October 26, 2011

देवकोटा पागल कि समाज पागल

      
        भनिन्छ मानिस एक पटक जन्मन्छ तर नाटक सम्राट बालकृष्ण सम भन्छन "देवकोटा तिन पटक जन्मेकाछन, एक पटक मुना-मदनमा , एक पटक साकुन्तालामा र एक पटक पागल कवितामा" । लक्ष्मी पुजाका दिन वि० सं० १९६६ मा जन्मीएक देवकोटाको जीवनमा भने अर्थको रुपमा लक्ष्मीले भने कहिलै बास गरिनन् । वि० सं०१९९२ प्रकाशित "मुना-मदन"अजै पनि सर्बाधिक नेपालीले रुचायको पुस्तकका रुपमा तथा साझा प्रकाशनबाट प्रकाशित सर्बाधिक लोकप्रिय तथा सर्बाधिक बिक्रि भएको पुस्तक हो । दस दिनमा उनले शाकुन्ताला महाकाव्यले त बिस्वलाईनै चकित परेको छ । वि० सं०२००९ सालको जेठ तिर लेखियको "पागल"कविता उनको एक महाकाव्यनै हो भन्दा पनि फरक पर्दैन । यो कविता मा उनीले आफुले सहि कुरा बोल्दा पनि समाजले उनलाई पागल सम्जिएर राँची भर्ना गरेको घटनालाई मूल मन्त्र बनाएर समाजका हरेक क्षेत्रलाई गहिरो व्यंग्य प्रहर गरेका छन् ।
            हामीले हाम्रो समाज देखेका छौ र सुनेका पनि छौ, यहाँ "ढुंगामा देवता देखिन्छ, मुर्तिमा सास खोजिन्छ, माटोलाई जिबन बोल्दा पागल भनिन्छ" । यहाँ "क्यान्सरको उपचार गर्न रुस जादा भात्ता रोकिन्छ अनी मृत्‍यु मपरियान्त त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिन्छ" । अनि साथि "समाज पागल कि देवकोटा पगाल"? देवकोटालाई राँची लानु पर्ने कि यहि समाजमा राँची ल्याउनु पर्ने । कि म पागल , मेरो तेस्रो विचार पागल?
           आज महाकबि लक्ष्मी प्रसाद देवकोटा को १०३ औ जन्मजयन्ति भै सक्दा पनि यो समाजले उनीलाई एउटा "महाकाबी" तक्मा बाहेक केहि गरेको छैन तेस्ता असाधारण व्यक्ति जन्मेको घर आज भत्किन लागेको छ , यस्तो टुलु-टुलु हेरी बस्ने सरकार-समाज पागल कि "मानिस दिल ले ठुलो हुन्छ, जातले हैन" भन्ने देवकोटा पागल ?                                       

                पागल                                                                
जरूर साथी म पागल !                                   पागल सुन्नुहोस       
यस्तै छ मेरो हाल । 
म शब्दलाई देख्दछु !                                       अंग्रेजीमा The Lunatic पदनुहोस 
दृश्यलाई सुन्दछु ! 
बासनालाई संबाद लिन्छु ।                                                           
आकाशभन्दा पातला कुरालाई छुन्छु ।                      
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !                                     कुन मन्दिरमा जान्छौ हेर्नुहोस 
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !
                                       

Tuesday, October 25, 2011

तिहार "तेस्रो बिचार" अत्यावसेक

                               नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । हिन्दु धर्म संग प्रतकछिया जोडीएको यो पर्ब  कात्तिककृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ। यस पटक कार्तिक ८ गते काग र कुकुर तिहार, ९ गते लक्ष्मीपुजा, १० गते गोबर्धंन पुजा र ११ गते  बिहान ११:५५ मिनेटमा भाइटीकाको शुभसाइत रहेको छ । भैलो र देउसी खेलेर मनाउने यस पर्बमा केटा-केटि देखि बुडा-बुडी सम्म उतिकै सामेल हुन्छन । समयले हरेक कुरा परिवर्तन गर्दै लान्छ भन्ने कुरालाई यो पर्वले पनि सहि थपेको पाइन्छ । रमाइलोको नाम मा अत्याधिक पटेकाको प्रयोग दिन-प्रतिदिन बडदै गएको पाइन्छ साथ-साथै देउसी-भैलो को नाम तिहार सकिए पनि हप्तौ सम्म पस्छिमी सैलीमा उस्रिन्खल नृत्य गर्ने परम्परा पनि बडदै गएको पाइन्छ । जसले गर्दा देशलाई ठुलो आर्थिक घाटाका साथ-साथै हामि आफैको पनि ठुलो जनधनको नासका साथै सामाजिक अपराध पनि बढेको छ त्यसका साथै हाम्रो पहिचान र सस्कृति पनि लोप हुदै गयको छ । एक तपाई हामी सबैले सोच्ने-विचार गर्ने बेला आयको छ अन्यथा यो पर्बले खुसियाली भित्र्याउन भुल्नेछ एक पटक "तेस्रो विचार" गर्नुस त के हाम्रा सन्तति "भैलानी आयौ आगन बडारि कुडारि राखन.............."भन्दै हाम्रो आँगन मा आउलान आज नै हामीले हाम्रो सहि परम्परा भुलेउ भने? 
अन्य सामग्री पनि हेर्नुहोस् 
तिहार पर्वको धर्म र पटाकासँग सम्बन्ध छैन
तिहारको भिडिओ हेर्नुहोस
                                               आज साँझ दियो जलाउदा बिस्व शान्ति को कामना गरौ है !!







Monday, October 24, 2011

रामचन्द्र काफ्ले र तेस्रो विचार


         "होहो माले होहो", "लाठी चार्ज", "काला कुर्ताइले " आदि जस्ता चर्चित गीत गाएर नेपालीको   मन जित्न सफल गायक रामचन्द्र काफ्ले लाई एक दिन याहू च्याटमा गफै गफको बेला मैले भने "दाई म पनि कहिले काही गीत लेख्छु नि" उनले भने "ओ यो त राम्रो हो, मलाई मेल गरिदेउन"--"चेतना मुलक एउटा भर्खर लेखेको छु है त "--"ok ma timro geet herera timilai respond garchhu". तेस पछी एक दिन मैले उनलाई एउटा गीत मेल गरिदिए, जुन गितमा मैले प्राकृतिक रुप मै बचा नहुने दम्पति ले पूर्व जन्मको पापको फल सोचेर जिन्दकी अन्धकार तिर धकेल्ने भन्दा पनि " तेस्रो विचार" गर्नु पर्ने समय आएको छ जसले एउटा अनाथ बचाको भविस्य पनि उज्जल हुने र मानब धर्म हुने विचार  ब्यक्त गरेको छु । जुन गीत यस प्रकार छ :
  
"उठाउन कलीला बलकलाई, तिम्रो काख रित्तो छ है ? 
किन गुहर्छौ मुर्तिलाई,उठाउन कलीला बलकलाई


ति पनित साश फेर्छन, तिमी जस्तै पेट निचोर्छन 
तिम्रो मुर्ती ले क् दिन्छ ?
आउ म दिन्छु तिमीलाई, फलिएको एक बालक 


ति बिचरा कलीला बबुरा, रुदै रुदै पेट निचोर्छन 
थाहा छ मलाई तिम्रो सामु, एक एक रुपया मग्छन 
किन गुहर्छौ मुर्तिलाई ?
निस्कन ए बिचरी सडकमा, टिपन एक बाबुरोलाई 


बान्झी भनेर किन धिकार्छौ ?
पापी भनेर किन चिच्याउछौ ?
किन दिन्छौ अगिल्लो जन्मलाई दोश ?
फगत फालिएको भएर के भो ?
ऊ पनि ता एक बालक हो ?


निस्क निस्क अहिलै निस्क 
निस्क निस्क सडकमा निस्क 
किन गुहार्छौ मुर्तिलाई 
उठाउन कलीला बलकलाई
तिम्रो काख रित्तो छ है ?
उठाउन कलीला बलकलाई"
                  
        3 Aug 2011 मा पठाको मेल को आज लघभग तीन महिना सम्ममा पनि प्रतिकृया नाआउदा मलाई आज यस्तो बिचार आउन थालेको छ कि मेरो बिचार तेस्रो थियन या मेरो गीतमा "तेस्रो बिचार" थियन ? मैले अब यो गीत लाई टुक्रा-टुक्रा पारेर फाल्द पनि समाजलाई कुनै घाट हुँदैन ?

                                                                                              (तपाईंलाई कस्तो लाग्छ नि ? )

          

Sunday, October 23, 2011

Youth Ambassador 'Santosh Shah'


          Santosh Shah ,29, is the Founder & President of Today’s Youth Asia established in 2002, as a multi-media & youth organization covering peace, development, education, economics, environment, politics, diplomacy, conflict and security issues and the anchor and producer of the television talk show "Power Talks", he has in the past served as a panelist on the United Nations Youth Advisory Panel (UNYAP) for 2008-2010. He has also been awarded with the title of Youth Ambassador for peace by Universal Peace Federation in 2008. He was born to middle class family in Bathawa, a village in Sarlahi. Initially he went to government school and then transferred to Budhanikantha school in Ktm at class seven.
             Today a next proud award attached with him "Top 99 Under 33 Foreign Policy Leaders" select by Young Professionals in Foreign Policy (YPFP),an international community of future foreign policy leader, and The Diplomatic Courier, a global affairs magazine. He is the one and only youth in the list. It is the proud for Nepal and all Nepali youth. Sunil Kc,a well know nepali song writter, a media person,a social worker post in Santosh facebook wall as "While i was in Delhi airport some people were talking about Mr.Santosh Shah and TYA and "Top 99 under 33"-i heared their voices clearly and they appreciate to Santosh Dai and his work in Foreign Policy and media advocacy-they were wonderful because he is only one from Asia.....in my view they were intelligent persons belonging to Delhi University".Salute santosh Shah and his work.

You can find detail information just by click following link
Follow Santosh Shah in  Facebook
See Santosh interview in  MYREPUBLICA
see the list of   Top 99 youth
Watch Kantipur Tv show life is beautiful with Santosh shah
Santosh shah article in Naya Patrika



लोपन्मुख नौमती


                              दिन-रात गितारको धुन सुनिने मेरो कोठामा एक दिन , नौमती बाजा धुन कतै टाढा बाट गुन्जन थालो बिस्तारो-बिस्तारो त्यो धुन ठुलो तथा नजिक हुदै गयो ।
                                त्यो धुन संगै मेरा बचपनका याद हरु दौडदै आउन लागे जति बेला म यो धुन कानमा पर्ने बितिकै कुद्दै त्यो धुन तिर  दौडदै पुग्थे  । सिरमा फाटेको टोपी, ठाउँ-ठाउँ मा प्वाल परेको सुरुवाल , एउटा बुडो भै सकेको आस्कोट दौरा माथि उनीले लगाएका हुन्थे काध मा हात ले बुनेको झोला भिरेका हुन्थे र एउटा टेक्ने लठी लिएका हुन्थे । उनलाई पछायुदा-पछ्याउदै म हाम्रो घर पनि उनि संगै आउथे । तेती नै बेला यौटा आवाज औथियो चर्कहाटका साथ "तेसले घर छुनु हुदैन, ए त तेही ठाउमा बस "...."जदउ मालिक्नी जदउ"उनि बोल्थे ..म र उनि तेही आँगनको पल्लो कुना म बस्थेउ । उनि यसै गरि लगातार अब चै सास नै सकिन्छ जस्तै गरेर येही धुन निकाल्थे , अन्तेमा मेरी हजुर आमाले सानो प्लेटमा अलिकति चामल ल्याएर परै राखी दिन्थिन , तेस पछी मा लगेर दिन्थे । तेसपछी बिस्तारै त्यो धुन टाढा हुदै जादा मलाई नमज्जा लागेर आउथियो । 
दस बर्से माओबादी जनयूद तेस्पछीको ६२-६३ आन्दोलन गर्दा बैधानिक रुपले सानो र ठुलो जात बीचको खाडल (discrepancy) पनि पुरियर गयो । बिस्तारै-बिस्तारै समाजमा उनीहरु पनि घुलमिल हुन थाले , म यो कुरा भन्न हिचकिचाउन्ना दस वर्ष को समयमा सयौ वर्षको इतिहास म उनीहरु ठुलो अधिकार प्राप्त गरेका छन् । म आज एकदम खुसि छु यीनिहारू मेरो घरमा आउदा पर आँगन को कुना मा बस्नु पर्दैन, यिनी हरु पनि मेरो बुबा जस्तै समाज बिकाश र रास्ट्रीया कुरामा उतिकै चासो दिन्छन । मेरी आमा ले उनीहरु मेरो बुबा संगै बैठक कोठामा बस्दा घर भरि सुन पनि छार्कंनन । यो उनीहरुले समाज बुज्रुक भएर दियिएको न ठान्नु होला यो प्राप्त गर्न उनीहरुक हजारौ चेलीबेटी बिदावा, हजारौ बच्चा टुहुरा भयका छन् , सोजो भाषा मा भन्नु पर्दा "यसमा पनि रगतको सम्जौता छ "।
                                उनि मेरो घर आगाडीको गेटमा बसेर फुक्न थाले, उनि भय ठाउँमा जाने बितिकै मैले देखे "शर्टले दौरालाई भगायछ, हातमा घडी थपिएछ " अरु त केहि फरक थियन । मैले आफ्नु क्यामेरा निकालेर उनको तस्बिर खिच्न लाग्दा उनि हल्का लजाउदै आफुनु सिर को टोपी मिलाउन थाले 


 अनि उसरी नै सास जाला नै जस्तो गरेर तेही परिचित धुन नौमती बाजा (यसलाई धेरै जसो ले दमै बाजा पनि भन्छन , तर त्यो गलत तथा तल्लो दर्जाको भाषा हो) बाट निकाल्न थाले । जब मैले उनीलाई खल्ती बाट निकालेर पैसा दिए, उनीले मलाई सोधे "बाबु क गर्नु हुन्छ".."मा पद्छु"..फेरी उनीले भने "मेरो पनि एउटा छोरो मलेसिया अर्को साउदी मा छ ".....तेस्पछी बिस्तारि पहिला जसरिनै धुन घट्दै-घट्दै गयो । जब मा कोठा मा आएर पुस्तक पल्टाउन लाग्य थिए एउटा विचार मन मा आयो "मेरा सन्तति पनि मा जसरि नै  दौडदै यो धुनलाई  पछ्याउन पाउनेछन् ।
(तपाई नौमती बाजा को विडियो हेर्न चाहनु हुन्छ भने क्लिक गर्नु होस्)





Saturday, October 22, 2011

एक रात र आलुचप पसले आन्टी


                                कुनै बेला मेरो एउटा समकक्छी मित्र ले भनेको थियो "धरान अचेल मधेस हुन लागेको छ, के सारो चलेको यो आलु-चप पसल" । पुर्वान्चलको सुन्दर नगरी सहरको रुपमा परिचित धरान सहर सफा र मसलेदार पनि छ । येही सुन्दर नगरीको बरगाछी चोक भन्दा अलि मुन्तिर पुस्छिम पट्टि यदि हजुर साँझ पख हिड्नु भो भने टिनको छानो र काठले बनेको एउटा गुम्ति अगाडी बनेका दुई फलेक तथा केहि कुर्सिमा नआतेर उभी रहेका युवा-युवती , केटा-केटि , अधबैसे हरुको भिड देख्न सक्नु हुनेछ । आलुचाप लिनको लागि कम्तिमा पनि २-३ पटकको पर्खनु परेको कारणले "आन्टी अब मलाई....मलाई ५ ओटा....मलाई ३ ओटा...मेरो प्याक गरिनुस "आदि आवाज हरु सुन्न सकिन्छा , ति आवाजमा  अधिकांस नजिकै तिनकुनेमा रहेको इन्जिनियरिङ्ग क्याम्पसका बिद्यार्थीहरु हरुको हेने गर्छ   । त्यो सानु गुम्तिमा एक काली बर्नकि आन्टी आलुचाप बनाउछिन । मलाई उनको आलुचप समयको भन्दा अरुको ज्ञान छैन ।
                              एक दिन मैले आलुचप माग्दा-माग्दै सोधे "आन्टी एक दिन्मा कती कमाउनु हुन्छ हौ?"-आगोको ज्वालले रापिएको अनुहारलाई एक हातले पुछदै भनिन "हुन्छ नि के गर्नु दिनमा आठ-नौ सये" । आलुचप खाँदै मैले सोच्न थाले साँच्ची हाम्रो कलेज बाट "ओवेरसियर पास गरेका कतीले पचिस हजार महिनमा तलब थाप्छन?, सुरुवातको बेलामा इन्जिनियरिङ्ग गरेकाले ले त कुन्नी । कोठामा आए पछी रात भर मेरो दिमागमा खेली रयो इनको पसलको ताल्चा दिनको तीन बजे मात्र खुल्च अनी रातको आठ बजेनै बन्द हुन्छ, भनौन इनी दिन्को ५ घण्टा मात्र आलुचप पसल खोल्छिन । महिनको औसत १५० घण्टा काम गर्छिन तेसबाट लगभग रु.२४०००/- कमाउछिन , क्याल्कुलेटर थिच्नुहोस् रु.१६०/- उन्को घण्टाको कमाई हो ।
                             मलाई येस्ले मात्र चित्त बुज्दैन  र आफ्नु ल्यापटपमा सेभ भएको  नेपालका सरकारी कर्मचारीको तलब विवरण हेर्न थाल्छु  " नायब सुब्बा रु.१४,४३७/- , शाखा अधिकृत रु.१८,७८५/- , सह-सचिब रु.२१,०७३/- , सचिब रु.३१,६७९/- ,   मुख्य-सचि रु.३३,६३०/-" कार्यालय समय बिहान १० बजे देखि साँझ  ५ बजे सम्म , औसत महिनामा २३२ घण्टा फेरी क्याल्कुलेटर थिच्नुहोस् क्रमस घण्टाको "रु.६२.२२/-, रु.८०.९६/- , रु.९०.८३/- , रु.१३६.५५/- , रु.१४४.९६/-" आउछ । यसबाट तपाईंले पनि थाहा पाउनु भो होला उनि मुख्य-सचिब भन्दा पनि रु.१५.०४/- बढी कमाउछिन प्रति घण्टा काम गरे बराबर । नेपालमा दिन-दिनै बढ्दै गएको बेरोजगार र कामको औसरनै छैन भन्नेका लागि यो एउटा गतिलो उदाहारणहो भन्ने कुरामा मा पूर्ण बिस्वस्त हुन्छु । 
                            राति सुत्ने  बेलामा मलाई यस्तो लाग्यो "के मा आलुचप पसले आन्टी जति प्रति घण्टा?????"


आमा



आमा,
हेरन मेर दाजु-भाई ,
आज म सँग अलगिन खोज्दैछन,
मैले उनिहरुलाई अपहेलित गरेरे,
मैले उनिहरुलाई मिचे रे, निचोरे रे 
हो आमा 
तिमी त साँची छौ 
बोलन केही शब्दहरु 
किन तिमी आज मौन छौ?


उनिहरु भन्छन 
मेर र उनिहरुका रितिरिवाज फरक छ रे 
चाल-चलन फरक छ रे 
बोलिमा भिन्नत छ रे 
हो आमा?
के तिमीले उनिहरुलाई भनिनौ 
मानबता नै धर्म हो 
दिन: दुखीको सेवा नै हाम्रो चलन हो 
अनी आमा, 
तिमीले सिकाएकी थिएनौ र 
यि निस्चल शान्त नेपाली शब्दहरु 


हेर आमा,
आज तिमीले केही बोल्नै पर्छ,
नत्र भने,
तिम्रो खुट्टा,सरिर र सिर 
आज अलगिदैछन् 
अनी तिम्रो पूर्ण शरीर हरौनेछ 
केही समयए पछी 
तिम्रो खुट्टा,सरिर र सिर पनि 
कुहिन्दै जानेछन् 
अनी आमा 
त्यतिबेला, 
म अनी मेरो पहिचान पनि हराउने छ
अनी तिमी मात्र मेरो मानसपटलमा हुनेछौ 
तिमी मात्र किताबको पानामा हुनेछौ 
आमा तिमी ईतिहास बन्नेछौ 
त्यसैले आमा,
म तिमी सँग मात्र शब्द माग्दै छु,
बोलन आमा
के हामी एक होइनौ र ?
बोलन आमा  
किन तिमी आज मौन छौ ?

                                         
                                                                           पसुपती ब्रिदा आश्रमका आमाहरु 

नौ क्लास को एक सम्झना एक ब्रिद आमाका साथ

अहिले सम्म पनि मेरो घर अगाडि को बाटो उस्ताको उस्तै छ । यही बाटो भएर हात भरी किताब बोकेर घरी दहिने घरी देब्रे हात मा पालो गर्दै सर्दै म आदी घण्टाको अथक प्रयास पछी थकित मुद्रामा म स्कुल पर्बेश गर्थे। हरेक दिन मेरी आमा मलाई दुई देखी पाँच रुपया सम्म मलाई नास्त खर्च दिनु हुन्थियो । तेही बाटोमा "राज केमिकल उधोग"को बोर्ड टासीयको एक घरेलु उधोग थियो । तेही उधोगमा बत्ती काटेर गोरी तथा अग्ली आमा बसिरा हुन्थिन । उन्को अनुहार ऊज्यालो तथा चम्किलो थियो, हरेक पटक बिहानि हात भरी किताब च्यापेर स्कुल जाँदा मुजै -मुजा परेको अनुहारमा एक चम्किलो मुस्कान छर्थिन । एक दिन क्लासमा अङ्ग्रेजीको सर ले लेखाउदै स्टरलाईन डट को मसी सिदियो, साथी हरु बाट उपलब्द नभए पछी सरसँग माग्द सरले "एक हान्सो को साथ विद्यार्थीको अर्थ बक्न थाल्नु भो"। तेती नै बेला मैले एउटा फुल्टिन किन्ने निधो गरेर साथी सँग दस रुपय सापट मागे । मेरो अगाडि मसीको समस्या खडा भयो । घर फर्कदा तेही पसल अगाडि फेरी उनिलाई त्यसरी नै बत्ती कत्दै गरेको देखे, पूर्ण विश्वाशका साथ उन्को पसलमा एक दिब्बा मसी उधारो माग्न अगाडि बडे , मैले भने "आमा फुल्टिन को मसी सकियो भोली पैसा दिन्छु दिनुस् न" उनिले बोलिन "भई हाल्छ नि नानी"--"आमा मसी ता राम्रो छ नि?"तेही पारीचित हासो क साथ उनिले भनिन"बाबु एक महानको कलममा परो भने यस्ले माह काब्य लेख्छ ?"---आज आदा दसक नागी सक्यो त्यो सम्बाद बोलिएको, अजै पनि कुनै शब्द कोर्नु अगाडि तेही अनुहार तेही आवाज का साथ अगाडि आउछ । अनी यस्तो लाग्छ "के यो मेरी फुल्टिनमा छिरेको मसीले न्याये त पाको छ ?" "के मैले लेखेका शब्द ले केही अर्थ त राख्छन् ?"----






-