Pages

Tuesday, March 18, 2014

"हेने के भै रा छ हँ, लासहरु चिच्याई रहेछन त"

portrait source
हप्तौँ सम्म सडक ठ्याप्प छ
दैनिक खाने अन्न आयात रोकीएर,
बच्चा रोएको आवाज बढ्या बढ्यै छ
हैन के भई रा छ हँ यहाँ ?
हजारौँ जीउँदा लासहरु
राँको बोकेर दौडिरहेका छन् त †
कोहि दौडी– दौडी चिच्याउँदै छन् जिन्दाबाद मुर्दावादहरु
कोहि पुत्लाहरु मथि ढुङ्गा बर्साइरहेका छन्
कोहि सडक पुरै ढाकेर लम्पसार पल्टिरहेका छन्
हात उठाइ–उठाई अनेक शब्द फलाकि रहेका छन्
हैन के भई रा छ हँ यहाँ ?
रक्ताम्मे लासहरु आज पनि सहर , सडक , विद्यालय, उद्योग........

संकोच उब्जन्छ
कतै मैले गलत बाटो त †
हैन पक्कै हैन
गलत हुनै सक्दैन
उ यहिँ त छ नि
चाउरे दर्जिको चिया पसल
कुष्ण प्रसाद वाजेको लेडिज एण्ड जेन्टस्

हैन मेरो मस्तिस्कमा त चोट लाग्या छैन्
किन , त्यो वकिलको छोरो लास पछ्याई रहेछ
सोध्न मन लाग्छ्
ए बाजे
“मरो स्थान....?” प्ले कार्ड वोकेर किन कुदिरा छौ ?
यहाँ किन “वान , हाट , खस, सी......”?
यहा कस्ले किन, कस्लाई पेलिरहेछ ?

चिच्याउन मन लाग्छ
ए लासहरु हो.....
“आखिर नाममा के छ ?”
नेपाली र नेपाल भए, पुगेन र ?


(धरान भानु चोकबाट ईञ्जिनियरिङ्ग क्याम्पस टेम्पोमा आउदा मित्र सन्जिब मगर  संग च्याट हुदा हुदै फुरेको "हेने के भै रा छ हँ, लासहरु चिच्याई रहेछन त"  लाई  २०६८ असार १५ गते देखि १८ गते सम्ममा कबितामा ढालेको थिए।  आज सेयर गर्न मन लाग्यो)