भनिन्छ मानिस एक पटक जन्मन्छ तर नाटक सम्राट बालकृष्ण सम भन्छन "देवकोटा तिन पटक जन्मेकाछन, एक पटक मुना-मदनमा , एक पटक साकुन्तालामा र एक पटक पागल कवितामा" । लक्ष्मी पुजाका दिन वि० सं० १९६६ मा जन्मीएक देवकोटाको जीवनमा भने अर्थको रुपमा लक्ष्मीले भने कहिलै बास गरिनन् । वि० सं०१९९२ प्रकाशित "मुना-मदन"अजै पनि सर्बाधिक नेपालीले रुचायको पुस्तकका रुपमा तथा साझा प्रकाशनबाट प्रकाशित सर्बाधिक लोकप्रिय तथा सर्बाधिक बिक्रि भएको पुस्तक हो । दस दिनमा उनले शाकुन्ताला महाकाव्यले त बिस्वलाईनै चकित परेको छ । वि० सं०२००९ सालको जेठ तिर लेखियको "पागल"कविता उनको एक महाकाव्यनै हो भन्दा पनि फरक पर्दैन । यो कविता मा उनीले आफुले सहि कुरा बोल्दा पनि समाजले उनलाई पागल सम्जिएर राँची भर्ना गरेको घटनालाई मूल मन्त्र बनाएर समाजका हरेक क्षेत्रलाई गहिरो व्यंग्य प्रहर गरेका छन् ।
हामीले हाम्रो समाज देखेका छौ र सुनेका पनि छौ, यहाँ "ढुंगामा देवता देखिन्छ, मुर्तिमा सास खोजिन्छ, माटोलाई जिबन बोल्दा पागल भनिन्छ" । यहाँ "क्यान्सरको उपचार गर्न रुस जादा भात्ता रोकिन्छ अनी मृत्यु मपरियान्त त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिन्छ" । अनि साथि "समाज पागल कि देवकोटा पगाल"? देवकोटालाई राँची लानु पर्ने कि यहि समाजमा राँची ल्याउनु पर्ने । कि म पागल , मेरो तेस्रो विचार पागल?
आज महाकबि लक्ष्मी प्रसाद देवकोटा को १०३ औ जन्मजयन्ति भै सक्दा पनि यो समाजले उनीलाई एउटा "महाकाबी" तक्मा बाहेक केहि गरेको छैन तेस्ता असाधारण व्यक्ति जन्मेको घर आज भत्किन लागेको छ , यस्तो टुलु-टुलु हेरी बस्ने सरकार-समाज पागल कि "मानिस दिल ले ठुलो हुन्छ, जातले हैन" भन्ने देवकोटा पागल ?
पागल
-
- जरूर साथी म पागल ! पागल सुन्नुहोस
- यस्तै छ मेरो हाल ।
- म शब्दलाई देख्दछु ! अंग्रेजीमा The Lunatic पदनुहोस
- दृश्यलाई सुन्दछु !
- बासनालाई संबाद लिन्छु ।
- आकाशभन्दा पातला कुरालाई छुन्छु ।
-
- ती कुरा,
- जसको अस्तित्व लोक मान्दैंन
- जसको आकार संसार जान्दैन !
- म देख्दछु, ढुङ्गालाई फूल ! कुन मन्दिरमा जान्छौ हेर्नुहोस
- जब, जलकिनारका जल चिप्ला ती,
- कोमलाकार, पाषाण,
- चाँदनीमा,
- स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
- पत्रिएर, नर्मिएर, झल्किएर,
- बल्किएर, उठ्दछन् मूक पागलझैँ,
- फूलझैँ- एक किसिमका चकोर फूल !
-
- म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
- एक भाषा, साथी !
- जो लेखिन्न, छापिन्न, बोलिन्न,
- बुझाइन्न, सुनाइन्न ।
- जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
- साथी ! छाल छाल !
- जरुर साथी म पागल !
- यस्तै छ मेरो हाल !
- तिमी चतुर छौ, वाचाल !
- तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
- मेरो गणितमा एकबाट एक झिके
- एकै बाँकी रहन्छ !
- तिमी पाँच इन्द्रियले काम गर्छौ,
- म छैटौँले !
- तिम्रो गिदी छ साथी !
- मेरो मुटु ।
-
- तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
- म उसमा हेलेन र पद्मिनी पाउँछु,
- तिमी बलिया गद्य छौ !
- म तरल पद्य छु !
- तिमी जम्दछौ जब म पग्लन्छु,
- तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
- र ठीक त्यसैका उल्टो !
- तिम्रो संसार ठोस छ ।
- मेरो बाफ !
- तिम्रो बाक्लो, मेरो पातलो !
- तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
- ठोस कठोरता तिम्रो यथार्थ छ ।
- म सपनालाई समात्न खोज्दछु,
- जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
- पान्ढीकीको बाटुलो सत्यलाई !
- मेरो छ वेग काँडाको साथी !
- तिम्रो सुनको र हीराको !
-
- तिमी पहाडलाई लाटा भन्दछौ,
- म भन्छु वाचाल ।
- जरुर साथी ।
- मेरो एक नशा ढिलो छ ।
- यस्तै छ मेरो हाल !