Pages

Sunday, June 8, 2014

लालबाबु पण्डित र रास्ट्रियता

पहिले पटक हचुवामा (लहि - लहैमा) कबिता बाचन गर्दा मैले सान्त्वना पुरस्कार पाएको थिए. पुस्पलाल स्मृति क्लबले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि 'लाल बाबु पण्डित' थिय. उनले 56 को चुबाबमा होला मेरै गाउको क्षेत्रबाट चुनाब जितेका थिय त्यहि भएर उनलाई ठम्याउन खासै गाह्रो परेन. कालो बर्नका अलिक होचा, भुक्के चपल लाएका, खासै भाकामिलाएर नबोल्ने, कुर्सिमा पनि खुट्टा माथि राखेर बसेका थिए. मेरो पार्टिका संसदलाई हराएकाले तेतिबेला उनि मलाई मन पर्दैन थिए. पहिलो संबिधान सभाको चुनाबमा उनीले हारे जस्तो लाग्छ तर दोस्रो चुनाबमा समानुपातिकमा परेका उनि मन्त्रि भएका छन् र बिगत केहि समय देखि उनि केहि मुद्धा (प्रणाली) लिएर निकै चर्चित छन्. उनि मन्त्रि  भै सके पछि पनि उनको जीवन सैली उस्तै देखिदै छ, उनि रास्ट्रियताको सवालमा कट्टर देखिदैछन. कता - कता उनीबाट रास्ट्र प्रेमको सुगन्ध महसुस गरे मैले. 
उनि बारे खासै अध्यन नगरी लेख्दा केहि कमजोरी भएमा माफ चाहान्छु। उनि सामान्य प्रसासन मात्री भएर पनि ठुलो कदम चाल्न खोज्दैछन, उनको कदमलाई सलाम गर्छु.

Monday, June 2, 2014

सम्झनामा १३ बर्ष; बिरेन्द्र बंस नाश

1. म बिहान उठेर युनिसेफले गाडिदेको कलमा मुख धोएर घर अगाडि बाटोमा निस्केको थिए. मामाको छोरो गोपालदाई साइकल नरोकी कन चिच्याउन थाल्नु भो, 'भिनाजु बिरेन्द्रको त साखा - सन्तान मरे रे नि'. को बिरेन्द्र? पारि लाल्मुनी चोकको हो कि काहा को? यस्तै कुरा दौडिन थालेको थियो. बुवाले 'ओई केटा रेडियो लेर आइज त कुद्दै गएर' भन्नु भो. राति अबेर सम्म गाना सुनेर सिरानमा राखेको रेडियो त्यहि ठाममा थियो. मैले कुदाउदै रेडियो लगेर बुवालाई दिए. बुवाले रेडिओको ब्याण्ड बटार्न थाल्नु भो, 'ट्वा .. ट्वा मात्र आइ राको थियो. बुवाले 'आकास बानि' 'बि.बि.सी.' लगाउन ब्याण्ड बटार्दै भन्नु भो 'ज्या है खतम भएछ, हाम्रा राजा मारिएछन'. एक छिन टिक्क समय अड्केको जस्तो लागो, हास्दै भित्तमा झुण्डिएका हाम्रा राजा पो मारिएका रहेछन.  

2. बिस्तारै माहुल स्वकाकुल हुदै गयो, केहि दिन पछि मेरा दाइहरुले बिराटनगरबाट श्रदान्जली स्वरुप कपाल मुण्डन पारेर गाम आउनु भो. गामका केहिले नि मुण्डन गरेको देखेको थिए.

3. तेस्को केहि समय पछि हाम्रामा एक जाना दाइ देखा परे, उनको नाम नखुलाउ तर उनको घर भन्दा मेरो भन्दा अलिक टाढा मास्तिर थियो र मेरो घर भन्दा अलिक मुन्तिर उनको जग्गा थियो. काका - काकी भन्दै उनि खुसि भएर बोले म संग नि. बुवा या आमाले कसले हो 'बाबु राजाको पुत्ला जलार तलाई समाएको हैन, कसरि छुटिस' भन्नु भो. गामबाट बिराटनगर अनि तिहाबाट उनीलाई हनुमान ढोका पुर्याएको रहेछ. नया सैनिक प्रमुख नियुक्त हुदा वा के गर्दा खुसियालीमा छुटेका रहेछन दाइ, दाइ माओबाधि रहेछन.

4. 'माओबाधि पो बोलाकी रहिछ यार, त्यो संग टासिएर किस खादै गरेको फोटो बनाको थिए क्या'' ए होर अनि? 'धन्न यार माओबादि त आफ्नै साथि परेछ' हाहा .... हाहा

5. एक दिन मेरो घर अगाडि बन कार्की दाइ लाइ कसैले कुट्ट्दै थियो '- आमाले भन्नु भो बाहिर ननिस्कि माओबाधि हुन्. तेस्तॊ साह्रो त कुट्न नहुने आमा, आफ्नै सम्पति खाका हुन्''.

6. 'तास खेल्न नजानु है बुवा, तास कोच्याउछन रे नुन संग'' - आमाले बोल्नु भएको थियो.

7. धेरै दिनको बिराटनगर बसाइ पछि, गाम फर्केको त गाममा छ्याप - छ्याप्ती भै सक्या रहेछन, हाम्रामा त तिनीहरु बास हुन थालेछ, एक घर एक मान्छे रे! भोलि नै पल्ट बुवाले मलाई लेर गाम छोड्नु भो.

Eight. ति बाहुनको घरमा किन भिण भनेर हेर्न गको, आमा - बाउको विरुद्ध माओबाधि पो लेर आको रहेछ छोरो ले त, 'दाइ हजुर हरु त्यो दाइ लाइ छिनु हुन्छ (मेरै गामको त्यहि दाई) भनेर कुरा सुरु गरेर, घटना बुझेर मात्र उफ्रन राम्रो हुने एक डोज हान्देको थिय.

9. एस.एल.सी. सकिएको फुर्सद सदुपयोग गर्दै महेन्द्र चोक बिराटनगरमा धेरै धाइएको थियो, एक जाना दिदिले भाइ नि राजा विरुद्ध कबिता भनेर मलाई धेरै उकासेकी थीइन. राजाले गद्दी त्याग्दै कस्तो कस्तो लागेको थियो, केहि उपाय निस्केला भनेको गिरिजा बाबुको बुढो दिमागले खै के बनायो - बनायो.

10. देस मा के - के तन्त्र घोषना हुने काम भए, आन्बिकाले कम्युनिस्टमा लेखे जस्तै कति कथा भए, कति लेखिए कति माटोमा बिलिन भए. को - को सरकारमा गए, आस्वासन र परिस्थिति उस्तै - उस्तै भए.

आज बिरेन्द्र बंस नाश भएको नि 13 वर्षा पुगेछ, म 12 बर्से केटोनि 25 बर्ष पुगी सकेछु, गाम - बिराटनगर - राजधानी हुदै कोरिया सम्म आइ पुगेको छु. कहिले काही यो देशको इतिहास पड्छु बर्तमान हेर्छु अनि मेरो देश सम्झन्छु.