Pages

Saturday, October 22, 2011

एक रात र आलुचप पसले आन्टी


                                कुनै बेला मेरो एउटा समकक्छी मित्र ले भनेको थियो "धरान अचेल मधेस हुन लागेको छ, के सारो चलेको यो आलु-चप पसल" । पुर्वान्चलको सुन्दर नगरी सहरको रुपमा परिचित धरान सहर सफा र मसलेदार पनि छ । येही सुन्दर नगरीको बरगाछी चोक भन्दा अलि मुन्तिर पुस्छिम पट्टि यदि हजुर साँझ पख हिड्नु भो भने टिनको छानो र काठले बनेको एउटा गुम्ति अगाडी बनेका दुई फलेक तथा केहि कुर्सिमा नआतेर उभी रहेका युवा-युवती , केटा-केटि , अधबैसे हरुको भिड देख्न सक्नु हुनेछ । आलुचाप लिनको लागि कम्तिमा पनि २-३ पटकको पर्खनु परेको कारणले "आन्टी अब मलाई....मलाई ५ ओटा....मलाई ३ ओटा...मेरो प्याक गरिनुस "आदि आवाज हरु सुन्न सकिन्छा , ति आवाजमा  अधिकांस नजिकै तिनकुनेमा रहेको इन्जिनियरिङ्ग क्याम्पसका बिद्यार्थीहरु हरुको हेने गर्छ   । त्यो सानु गुम्तिमा एक काली बर्नकि आन्टी आलुचाप बनाउछिन । मलाई उनको आलुचप समयको भन्दा अरुको ज्ञान छैन ।
                              एक दिन मैले आलुचप माग्दा-माग्दै सोधे "आन्टी एक दिन्मा कती कमाउनु हुन्छ हौ?"-आगोको ज्वालले रापिएको अनुहारलाई एक हातले पुछदै भनिन "हुन्छ नि के गर्नु दिनमा आठ-नौ सये" । आलुचप खाँदै मैले सोच्न थाले साँच्ची हाम्रो कलेज बाट "ओवेरसियर पास गरेका कतीले पचिस हजार महिनमा तलब थाप्छन?, सुरुवातको बेलामा इन्जिनियरिङ्ग गरेकाले ले त कुन्नी । कोठामा आए पछी रात भर मेरो दिमागमा खेली रयो इनको पसलको ताल्चा दिनको तीन बजे मात्र खुल्च अनी रातको आठ बजेनै बन्द हुन्छ, भनौन इनी दिन्को ५ घण्टा मात्र आलुचप पसल खोल्छिन । महिनको औसत १५० घण्टा काम गर्छिन तेसबाट लगभग रु.२४०००/- कमाउछिन , क्याल्कुलेटर थिच्नुहोस् रु.१६०/- उन्को घण्टाको कमाई हो ।
                             मलाई येस्ले मात्र चित्त बुज्दैन  र आफ्नु ल्यापटपमा सेभ भएको  नेपालका सरकारी कर्मचारीको तलब विवरण हेर्न थाल्छु  " नायब सुब्बा रु.१४,४३७/- , शाखा अधिकृत रु.१८,७८५/- , सह-सचिब रु.२१,०७३/- , सचिब रु.३१,६७९/- ,   मुख्य-सचि रु.३३,६३०/-" कार्यालय समय बिहान १० बजे देखि साँझ  ५ बजे सम्म , औसत महिनामा २३२ घण्टा फेरी क्याल्कुलेटर थिच्नुहोस् क्रमस घण्टाको "रु.६२.२२/-, रु.८०.९६/- , रु.९०.८३/- , रु.१३६.५५/- , रु.१४४.९६/-" आउछ । यसबाट तपाईंले पनि थाहा पाउनु भो होला उनि मुख्य-सचिब भन्दा पनि रु.१५.०४/- बढी कमाउछिन प्रति घण्टा काम गरे बराबर । नेपालमा दिन-दिनै बढ्दै गएको बेरोजगार र कामको औसरनै छैन भन्नेका लागि यो एउटा गतिलो उदाहारणहो भन्ने कुरामा मा पूर्ण बिस्वस्त हुन्छु । 
                            राति सुत्ने  बेलामा मलाई यस्तो लाग्यो "के मा आलुचप पसले आन्टी जति प्रति घण्टा?????"


3 comments:

  1. sagar bhai u reminded me of aaluchop experience i used to have almost everyday, back during my B.E life.

    ReplyDelete
  2. haha dai maile ta auta inspiration story haleko tara enginnering collage sanga yasko deep relationship chha hai?

    ReplyDelete
  3. great job bhai...I am very glad to see you here in your blog...keep updating...

    ReplyDelete