Pages

Saturday, October 22, 2011

नौ क्लास को एक सम्झना एक ब्रिद आमाका साथ

अहिले सम्म पनि मेरो घर अगाडि को बाटो उस्ताको उस्तै छ । यही बाटो भएर हात भरी किताब बोकेर घरी दहिने घरी देब्रे हात मा पालो गर्दै सर्दै म आदी घण्टाको अथक प्रयास पछी थकित मुद्रामा म स्कुल पर्बेश गर्थे। हरेक दिन मेरी आमा मलाई दुई देखी पाँच रुपया सम्म मलाई नास्त खर्च दिनु हुन्थियो । तेही बाटोमा "राज केमिकल उधोग"को बोर्ड टासीयको एक घरेलु उधोग थियो । तेही उधोगमा बत्ती काटेर गोरी तथा अग्ली आमा बसिरा हुन्थिन । उन्को अनुहार ऊज्यालो तथा चम्किलो थियो, हरेक पटक बिहानि हात भरी किताब च्यापेर स्कुल जाँदा मुजै -मुजा परेको अनुहारमा एक चम्किलो मुस्कान छर्थिन । एक दिन क्लासमा अङ्ग्रेजीको सर ले लेखाउदै स्टरलाईन डट को मसी सिदियो, साथी हरु बाट उपलब्द नभए पछी सरसँग माग्द सरले "एक हान्सो को साथ विद्यार्थीको अर्थ बक्न थाल्नु भो"। तेती नै बेला मैले एउटा फुल्टिन किन्ने निधो गरेर साथी सँग दस रुपय सापट मागे । मेरो अगाडि मसीको समस्या खडा भयो । घर फर्कदा तेही पसल अगाडि फेरी उनिलाई त्यसरी नै बत्ती कत्दै गरेको देखे, पूर्ण विश्वाशका साथ उन्को पसलमा एक दिब्बा मसी उधारो माग्न अगाडि बडे , मैले भने "आमा फुल्टिन को मसी सकियो भोली पैसा दिन्छु दिनुस् न" उनिले बोलिन "भई हाल्छ नि नानी"--"आमा मसी ता राम्रो छ नि?"तेही पारीचित हासो क साथ उनिले भनिन"बाबु एक महानको कलममा परो भने यस्ले माह काब्य लेख्छ ?"---आज आदा दसक नागी सक्यो त्यो सम्बाद बोलिएको, अजै पनि कुनै शब्द कोर्नु अगाडि तेही अनुहार तेही आवाज का साथ अगाडि आउछ । अनी यस्तो लाग्छ "के यो मेरी फुल्टिनमा छिरेको मसीले न्याये त पाको छ ?" "के मैले लेखेका शब्द ले केही अर्थ त राख्छन् ?"----






-

No comments:

Post a Comment