Pages

Wednesday, December 18, 2013

सारंगीसंग म

सानो बाट नै सारंगीमेरो मन पर्ने बाजा हो, यसको धुनले गामका आमाहरुको आँखा रसाएको देखेको छु।  ईन्जीनियरिंग दोस्रो वर्ष पड्दा (२०६६ साल असार ११ गते कोठा न. एक, धरान) बिहान म र मेरा केहि साथिहरु  (पाइलट, सुरज, प्रकाश इत्यादी)  नजिकैको चिया पसलमा चिया खान जादा, छेउकै घरमा सारंगी पुस्दै गरेको देखे पछि, आफै बसेको कोठामा गाईने बोलाएर सारंगीको धुन सुन्दै गर्दा लेखेको यो कबिता आज ४ वर्ष पछि आफ्नै सारंगीको साथ खिचेको फोटो देखेर पोस्ट गर्न मन लाग्यो।

"बन्द गर दाई"
मैले
स्पस्ट सँग तिम्रा औंलाहरु नियालेको छुँ
तिम्रा औंलाका नङहरु बांगिएका छन्
रेटिरहेका छन्, थिचि रहेका छन्
अनि मैले
स्पस्ट सँग सुनेको छुँ
तिम्रा बाक्ला ओठबाट घस्रदै निस्केका............
मेरा सरिरका कोशहरु काँपि रहेका छन् स्तब्ध छन्
भो बन्द गर तिम्रा मार्मिक आवाजहरु
यो गांडो देशमा सब तन्नेरि लाटा छन्
देश रोईरहेका सब्दहरु बन्ध गर !

ति प्रेमिका आवाजहरु बन्द भए
तिनिहरुका मुटुको धड्कन घटबढ छ
भो बन्द गर दाई
बन्द गर,
ति बुढिआमाको आँखाको मुहान फुट्न थाल्यो
बन्द गर दाई,
तिम्रा आवाजहरु, सारगिँका धुनहरु ।

Monday, September 16, 2013

अंग्रेजीका नाममा टट्टु मास्टर भर्ति

मलाई सानोमा A B C D पड्दा सारै टाउको दुख्थ्यो।  मेरा दाजुहरु साँझमा गाम भरिका केटा-केटि भेला पारेर आँगनमा लाल्टिन बालेर पडाउनु हुन्थ्यो।  एक पटक मैले आमालाई मलाई  A B C D नपडाउनु भनि दिनु न भन्या थिए , अहिले पनि मलाई अंग्रेजी तेती रुचि लाग्दैन पड्न।  यो भयो मेरो ब्याक्तिगत कुरा।   

 पुर्बी नेपालको हिमाली जिल्ला संखुवासभाको समथर भाग, बिस्वको होचो उपत्यका तुम्लिङ्ग्टारमा अहिले काम को सिल-सिलामा मेरो दिन  बिति  राछ।  हाम्रोमा एक किसिमको बेग्लै माहुल हुन्छ बिद्यार्थी भर्ना गर्ने समयमा उत्सव नै जस्तो, बिध्यार्थिका लागि उत्सव नै हो। तुम्लिङ्ग्टारमा भने मैले अलि फरक प्रकारको उत्सव देखे।  यहाँ दुई ओटा निजि बिद्यालय छन् , भर्नाको सुरुवातमा दुइओटा बिद्यालय मिलेर एक हुने हल्ला बजारमा चल्या थियो , पछि नमिलेको हल्ला सुनियो , तेस्पछि राजनीतिक स्वोरुप लियको आभाष पाइयो पाइयो, पछि फलाना पार्टिका  आस्था बोक्ने फलानो बिद्यालय मा फलानाका पार्टीका आस्था राख्ने फलाना पार्टीमा भन्ने सम्म सुनियो।  अहिले दुवै बिद्यालयका गाडिहरु बिद्यार्थी लिन तथा घर छोड्न दौडिञ्छन।  खुसीको कुरा हो बस चढेर बिद्यालय गएको पैसा तिर्नु पर्दैन रे फरक यतिहो कुनै-कुनै बिद्यार्थी भेनको हुटमानि देख्न पाइञ्छ।  

गत सनिबार बाल दिवस रहेको यिनै बिद्यालयमा पड्ने नानीहरुबाट जानकारी पाइयो , दिनभरी बिद्यालयमा गित बाजी रहेको थियो फरक यति थियो कुनै गित साना नानीहरुको कलिलो मस्तिस्कमा नपच्ने खालका थिए।  यस्ता गित बज्नुमा मा विद्यालयको सम्पूर्ण दोष देख्दिन , सर्कारि नीतिको खाचो महसुस मात्र भयो।  यसै प्रसंगमा एउटा कुरा याद आयो , एक पटक मा पढ्या बिस्वबिध्यालयमा तराई बिध्यार्थिको कार्यक्रममा प्रमुख अथितिले सार्बजानिक स्थलमा हेर्न मिल्ने भन्दा अलि बडी नै देखेछन क्यार , भोलिनै पल्ट अबदेखि 'तेस्ता नाच' देखाउन नपाइने सूचना पार्टीमा सुचना टासियको थियो।  

बाल दिवसको भोलि पल्ट अर्थात् हिजो एक्कासी मेरो नजर औता LKG मा पढ्ने भाईको कापीमा पर्यो, उसले पड्दै गर्या कापीको केहि तस्बिर तल हेर्नु होला।  

माथिको भाईको मिसले आफैले लेखर नोट बनाई दिएको कापीको पन्ना हो।  मेरो नजर पैला यसमा परेर हास उठ्यो , उसको आमाले किन हास्नु भो, गल्ति  लेख्या छ कि के हो भनिन।  मैले भने 'गाइको कति ओटा खुट्टा हुन्छ मा यसकी मिसले गाइले दुध दिन्छ भनेर लेखिछिन ' । एक छिन हासो मचियो। 

अर्को पन्नामा मिसले पैला aeroplane को spelling गलत लेखेर काट्या छिन।
यहाँ हेर्नुस प्रस्न सुनु गर्दाको अक्षर W कतै ठुलो खालको (Capital) र कतै सानो खालको (Small) लेख्या छिन।

यस बाट के प्रस्ट हुनु पर्छ भने हाम्रो सिक्षा प्रदान गर्ने निकायले हाम्रो समाजलाई कता तिर धकेली रहेछन।  यसलाई अपराध नभनेर के भन्ने, अरबमा पसिना बगाउनेले आफ्ना नानीहरुले अरब नाधाउनु परोस भनेर दुई छाक नखाई-नखाई आफ्ना नानी हरुलाई निजि बिद्यालयमा भर्ना गर्या छन्।

बर्षको छ सय रुपया तिर्न गाह्रो भएर कुनै बेला मा छात्रब्रिति खोज्ने मलाई महिनाको ४५० तिर्न कति गाह्रो हुन्छ Nursery , LKG  मैले बुज्या छु । 

अन्त्यमा मलाई के लाग्छ भने यो देश नेताले जति अन्धकार तिर धकेल्दैछन त्यो भन्दा बडि टट्टु मास्टरले धकेल्या छन्। अहिले हाम्रो समाजमा नम्बर ओन माफिया सिक्षादिने निकायेरा र तिन्का टट्टु मास्टर हुन्।  जो हात पखालेर नया पिडिको भबिस्य अन्धकार पार्न लाही पर्या छन् , निमुखा अनपड हामि नेपालीका रगत चुसी रा छन्।  

(सरकारीमास्टरको त झन् कुरा गरी साध्य छैन, गाममा पडेलेखेका हामि हुम भनेर फुर्ति लाउन मात्र जान्दा रहेछ , SLC तथ्याङ्क हेर्ने हो भेने सुन्य )

**यसलाई गलत अर्थ नलाइदिन हुन आग्रह गर्दछु , सबै शिक्षक/बिद्यालय यस्ता छन् भन्ने मेरो अर्थ हैन**





Friday, August 9, 2013

हातलाई युद्धका बेला बन्दुक समात्न हैन युद्ध हुनै नदिन कलम समात्न प्रेरित गरौ

चौबंन (२०५४) साल तिर म बेचलर सकेर जागिर खान यहाँ आएको थिए।  पैलो-पैलो जागिर खुब मजाले काम पनि गरिन्थ्यो, रमान्थ्यो पनि, भुलाइन्थ्यो पनि।  म आफुलाई लकि नै सम्जंथे ,  पडाई सकिने बित्तिकै राम्रै तलब भएको जागिर पाएको थिगीमा पाए।  जिन्दहाड नटेकेको मान्छे, मैले पाहाड मा जागिर पाए भन्दा , आमाले खुसि हुनु त कता फिक्का  अनुहार लाउनु भा थियो।  पस्चिम बाट सुरु भएको द्वन्ध बिस्तारै पूर्वतिर मौलिन थालेको मेरी आमालाई राम्ररि थाहा थियो , बुबाले सम्जाउदै भन्नु भा थियो "समाजमा काम गर्छन इनिहरु चिन्ता लिनु पर्दैन"  । समाजमा के काम गर्छन , बाउले के भन्न खोज्या हुन् मेरी आमालाई समजमा आए जस्तो मैले बुजेको थीइन।  हाम्रो अफिस मा ७ जना जति थियौ तेती बेला।  तेस्मा एक जान स्थानीय दिदि पनि थीइन जो सफा सुघर देखि लिएर चिया सम्म हामि लाई खुवाथीइन।  उनि तेती हास्न जान्ने थीइनन  तेही पनि कैले काही चिया ल्याउदा , मेरो कम्पुटर मा बजदै गरेका ' सब्द संगीत' कहि भेजा मा नउत्रने अंग्रेजी हेभी मेटल सुनेर हास्न खोजे जस्तो गर्थिन।  यस्तो मौका को फाइदा उठाउदै मा उनि संग नजिक हुन खोज्थे र उन्लाइ उन्को परिवारको अवस्था, परिवारको सदस्यको बारे मा सोद्द्थे।  उनको परिवारमा २ छोरा र ४ छोरी रहेछन।  बुढा बितेका रहेछन।  "गाउका माहजंनका हली बस्थे, लगातार जोरो आएको थियो , १५ दिनमा जोरोले लग्यो" एक दिन उनले भनिन।  एउटा छोरो १४ वर्षको कक्षा ६ मा र अर्को छोरो १० वर्षको कक्षा २ मा पद्दा रहेछन।  
एक दिन म फिल्ड बाट अफिस छिर्दा-छिर्दै ठुलो-ठुलो स्वोर मा उनि कराएको सुने।  म दौडदै हाकिमको कोठामा छिरे।  उनि ठुलो ठुलो आवाज मा औला ठड्याउदै बोल्दै थीइन।  मैले वातावरण बुज्न सकिन र नबोली बसे।  
तेस्पछि उनि अफिस आउन छोडिन।  बिस्तारै बुज्दै जादा उनि तलब बडाउनु परो भनेर भन्न हाकिम कोमा आकी रहिछन।  उनको ५ बर्ष देखि एउटै तलब रहेछ।  अन्य कर्मचारीको चाई बर्सै पिछे बढ्ने उनलाई थाहा रहेछ।  हाकिमले म माथि कुरा गर्छु भन्दै टार्ने गरेका रहेछन , उनिलाई असर्य भएछ र चर्केकी रहिछिन।  मलाई अनौठो लागिरा थियो , उनको घरको अवस्था नाजुक थियो , बनि बती गरेर कमाउने भन्दा धेरै अफिसले दिनै राख्या थियो , कामै किन छाडिन।  एक दिन मलाई एउटा ले सुनायो, उनि माओबादिमा लागिन रे , बर्सौ देखि हेपिदै आएकाको हक अधिकारका लागि लड्नु पर्छ, सर्बहारहरु अब एक जुट हुनु पर्छ भन्दै उन्लाई गाउकै एक जानाले क्रान्तिमा हिस्सा लियाछ।  एक दिन मा उनको घर गएको थिए , छोरा-छोरी अलपत्र छाडेर उनि क्रान्तिमा होमिछिन।  एक जाना छिमेकीले सुनाईन यहा एक जाना बच्चाको कुरा छैन दीदी भन्दै उनि अरु के के हिन्ने बेलामा भन्दै थिइन् रे।  "हाम्ले जति कोसिस गरे पनि उन्लाई रोक्न सकिनम" उनले भनिन।  


फेरी अहिले म तेहि ठाममा जागिरमा आएको छु।  यो पन्द्र वर्ष मा देशमा अनेक उतार-चडाब भएको छ।  देश हाक्ने पद्दतिमा फेर बादल आएको छ।  लामो समय संगर्ष पछि , युद्धको बाटो त्यागेर माओबादी सत्तामा पुग्या छ।  मैले अफिस आएको केहि दिन पछि , उनको बारेमा जान्न मन लागेर बुज्न थाले। म उनको घर एक दिन गए।  उनको घर भत्कन ठिक्क परे जस्तो भा रहेछ।  बाहिरै मूल ढोकामा उनि र उनको छोराको फोटो मा माला जुण्ड्याईको देखेर म झस्किय।  कम्ब्याक ड्रेसमा लामो बन्दुक बोकेर उनि उभिरहेकी रहिछन।  उनि छेउमा बस्ने अर्को केटो को होला भन्ने लागो।  एकै छिन मा एक जान कान मा ठुला ठुला मुन्द्री लागाको, जुल्फे केटो अगाडी आई पुग्यो।  मलाई कसलाई खोज्नु भा भनेर सोध्यो मैले उ संग सामान्य बातचित गरेर छेउ कै चिया पसलमा छिरे। त्यहा बुज्दै जादा उनि लागेको केहि पछाडी उनको छोरो नि पडाई छोडेर आम संगै क्रान्ति मा होमियो रे , दुवै जान भिडन्तमा सहगत प्राप्त गरे रे।  "छोरीहरु को-को संग कता कता लागे सर, कान्छो छोरो चै अहिले ड्यास माओबादिमा कुदी हिड्छ" पसल्नी बोलिन । "यो सरकारले हाम्रो समस्या बुजेन, हामि सहिद परिवारलाई हेरेन भन्दै कुद्छ"   उनले थपिन।  उसले कति पढेको छ नि भनेर मैले सोधे, "के को पद्नु सर आमा हिने पछि केहि समय काकाको मा बस्यो, अलिकति खुट्टा लागे पछि तिहा बाट निस्किएर आफ्नै घर मा बस्दै छ, फेरी हतियार उठ्न सक्छ भन्दै हिन्छ" उनले भनिन। म चिया को पैसा तिरेर बाट लागे।



यहा कसैले आकडा निकाल्या छ , क्रान्तिको नाम मा कति टुहुरा भए, कति बिदवा भए,  कति गुण्डा भए, कति सिंह भए , कति बिराला भए।  स्यालहरु सिंहले अत्याचार गरो भन्दै डकुरेर आफु सिंह भए अरुलाई बिराला बनैदिए।  

क्रान्तिगर्ने ले किन बुजेनन , युद्ध भन्दा ठुलो हतियार सिक्षा हो भनेर ? किन भनेन उनीलाई तिमि तिम्रो छोरालाइ दुख गरेर नि पढाउ , एक दिन तिम्रो छोरो तिम्ले कुचो लाएको अफिसमा कलम कुदाउने हुन्छा।  

    


Saturday, July 20, 2013

शब्दमा तिम्रो नाङ्गो तस्वीर उतार्न खोज्दैछु

सब्द 'म' आफैँ
सब्द 'तिमि' आफैँ
'रेखा' मिलेरै अक्षर/सब्द बन्ने होनी

संजाल फैलिदै छ
मस्तिस्कमा रेखाहरु कोरिदैछन
'आनन्द' र 'मज्जा' मा फरक भए झैँ
'सेन्स' र 'दृस्टी' मा फरक हुदो रहेछ

सुम्सियाको तिम्रो शरीर
नाङ्गै-बस्त्र बिहिन
खुल्ला ठाममा तिम्रै अगि बसेर सोच्न
'म्याक्स प्लाङ्क फोर्मुला' सोच्नु भन्दा सरल रहेनछ

Monday, July 15, 2013

कलि युग कि मोडर्न पार्वती

लामो समय देखि साउनिको भित्तामा एक्लै शिव झुण्डी रहेका थिए । गोरु बाहन  लिएर हिमालय पर्बत बाट यात्रामा निस्कन लागेका जस्ता लाग्ने शिव, यात्रामा कहिलै निस्केनन् । घाटिमा सर्पको माला भिरेका, डम्बरु र त्रिसुल बोकेका शिव, रुद्राक्षको मालाका साथ, बाघको छाला लगाएका अनि खुट्टामा काठको खराउ लगाएका छन् । एक्लै बिरक्तियका शिव माथि खै के लागेछ मेरी साहुनी लाई भर्खरै एउटि मोडर्न पार्वती लियाइदिछिंन । आधुनिक मोटरसाइकल लिएर ग्लोबल वार्मिंङ्गले गर्दा खुइलिसकेको हिमालय पर्बतमा पुगेकी पार्वतीको रुप अनि लवाई पनि फेरिएछ  । खुट्टामा छ इन्च बडीको हिल  लगाएकी पर्बतिले , साउनिकै छोरीको भाषामा भन्नु पर्दा "ममी यसको त चाक देखिएछ " जिन्सको कट्टु भिरिछिन, हातमा बाला अनि नाईटो माथि मात्र छोपिने गरि सेतो सर्ट लगाइछिन, कपाल खुल्लै राख्दै । 

यसलाई अन्यथा नालिदिनु होला, सिवको यो रुप पनि चित्रकारले बन्धकोठा मा बनाएको भन्ने हामीलाई लाग्या अवस्थामा कलियुगमा पार्वती यो रुपमा देखिन के बेर !

Sunday, July 14, 2013

नमरि जलिरहेको एउटा सागर म

तटस्थ मेरो मस्तिकलाई छालमानि
जब तिमिले सर्फिङ् गर्न थालेउ
प्रेमका सब्द-जाल हरु फ्याक्न थालेउ
म, सागर
हावामा कावा खाँदै
हाहा

नजान्नु पनि घात रहेछ
बृज् लाग्ने सुरुमा सब्द हरु
बिस्तारै रितु सङै
मस्तिस्कबाट तल झर्दा रैछन्
अनि घाटिँ हुदै अलि तल
मुटुमा पुग्दा तातिदाँ रैछन्
के जान्नु
ताप र राप ले
नमरि जलिरहेको एउटा
सागर म

Thursday, June 13, 2013

म अनि प्रेम

 

आँफै भित्र उत्पन्न
एक परिस्थिती
चडेछ क्यारे जोवन
तिम्रै अगाडी हाँस्दै उठ्या भुलेउ होला
जिवन्त आँखा तिम्रा
चाँदिला दाँतका काला फेदिहरु
अनि फुर्दै गरेको  तिम्रो रङिन  जोवान
साँच्ची बोलिको आवसेक परेन
प्रेममा पागल

तिमी सँगको सामिप्यतामा 

सरीर किन काँप्या 
तातो किन भा
रौँहरु ठाडा किन 
प्रश्नको खेल आँफैमा भएसी
प्रेममा पागल

एक नजरै
भुल भयेछ
नौली होलेउ लाग्या थियो,
कालो कपाल छेलिएको गोरो मुहार
कम्ता तड्पिनु पर्या थियो
प्रेममा पागल
एक हैन् आधा दर्जन् प्रस्ताब् असुइकार्

फेरी चाँदिला दाँतका काला फेदी भएकी
समाजिक भुमध्य रेखा परकी
छुच्ची
अर्को नसोचेको सामपिय्ताले गाँजे पछि

प्रेममा पागल

Wednesday, June 12, 2013

फुटकर कविता

१ 

अब आकास चुम्नु छैन
आफ्नै देसमा सस्कृति गुम भएको बेला
सुन्याता बुज्नु छैन
आँफै भित्रका सपना गुमनाम भएको बेला

२ 

बिभेदका रेखा मेट्ने सोचाईमा मग्न भएको बेला 
तिमी प्रेमको रस पियाउन खोज्छौ 
यस्तो लाग्छ
तिम्रो प्रेम सँग साउनि रक्सिका प्याला साटौ

३  

शुभ बिहानि मै
जव
छुँदै नछोको शरीरबाट
बलत्कारको आरोप लाइन्छ
शुभ दिनको कल्पनाहरु
स्खलित गर्नु सिवाय

अरु के गरुँ    

Wednesday, January 23, 2013

यात्रा , दिल्ली र नारी हिंसा




म उभिएको छेउकै सिट खाली भएको थियो , साँझ पाँच बजे तिर ईटहरी बाट विराटनगर तिर गुडिरहेको बसमा । वहिनी खाली हो भन्दै म उनको छेउमा बसें । उनले पेन्ट–भेस्ट माथी सुइटर लाएकि थिइन् या कुर्ता–सुरुवाल माथी अहिले मलाई याद छैन् । सत्र वर्ष ननाघेकि जस्ति , काली वर्णकी , अली लामो नाक , डल्लो अनुहार..छोडि दिंउ यसले कुनै अर्थ लाग्दैन । मैले ¤याल तिर फर्कदै सोधें , “वहिनीको घर बिराटनगर हो ?”, केहि वेरको अन्तराल पछि जवाफ दिई “नहिं दिल्ली” ।
दिल्ली शब्दले मलाई एक प्रकारको झड्का दियो । एक महिना अगाडी , छिमेकि मुलुक भारतको ब्यस्त शहर दिल्लीमा , आन्ग लिद्घारा निर्देशित यो वर्षकै एक सफल चलचित्र लाइफ अफ पाई , जुन चलचित्रमासमुन्द्रको विचमा पानि जहाज दुर्घटना भए पछि एक नाँउमा छुटेका एक केटो र बाघ कसरी जिवित किनारा सम्म आइ पुग्छन् भनेर देखाइएको छ , हेरेर सार्वजानिक वसमा फर्किरहेकी २३ वर्षिय नारीलाई सँगै रहेको पुरुष साथीलाई शारीरीक यातना दिई सामुहिक बलत्कार गरिएको घटना अझै पनि सेलाएको छैन् । त्यहि ठाउँकि उनि भन्दा लगभग पाँचबर्ष कमकी मुस्लिम समुदायकी नारी मैरै छेउमा बसेर  एक्लै यात्रा गरिरहेकी थिइन् । मैले कुरा अगाडी बडाउने हेतुले भनें “आप नेपाली समजते हो?”, “थोडा थोडा” उनले मतिर फर्कदै जवाफ दिइन् । उनलाई कुरा गर्न केहि सजिलो होस भनेर मैले उनलाई आफ पनि भारतको केहि स्थान यात्रा गरेको र दिल्ली पनि पुगेको बताँए । ब्यबस्थापन विषय लिएर कक्षा ११ पढ्दै गरेकि उनि दिल्लीको स्थानिय बासिन्दा रहिछन् । जाडो बिदा मनाउन नेपाल आएकि उनि अहिले निनिको घरबाट माइजुकोमा बिराटनगर जाँदै रहिछन् । आफलाई अतिफ र श्रेयाको फ्यान बताउने उनले अतिफद्घारा नै नायकको भुमिका निर्वाहा गरिएको लैङ्गिक विभेदलाई कथा वस्तु बनाएको वोल चलचित्र हेरेकी रहेनछिन् । भविष्यमा एक सफल गाइका बन्ने उद्देश्य लिएकी उनलाई बिराटनगर कहाँ माइजुको घर र कहाँ उत्रने भन्ने पनि थाहा रहेनछ ।  यिनि सँगको भेटले मलाई पनि केहि शब्द कोर्ने उर्जा प्रदान गरेको छ ।
छिमेकी राज्य भारतमा अहिले केहि हप्ता अगाडि देखी नारी स्वतन्त्रता र सुरक्षाको माग गर्दै लैङ्गिक स्वतन्त्रता सम्बन्धित आवाज उठाउने संघ–सस्था , कलाकर्मि र साधारण जनताले सडक र सदन दुवै तताई रहेछन , समचार माध्यमले पनि आवाजलाई बुलन्धीत पानर््ा महत्वपुर्ण भुमिका निर्वाहा गरिरहेछन् । यसको असर नेपालमा पनि प्रस्ट रुपले देखिएको छ । अहिले महिला हिंसा सम्बन्धित आवाज राजधानी देखि जिल्ला–जिल्लामा बुलन्ध भहिरहेको छ ।
हजारौँ जनता सहिद भएर , लाखौँ जनता सडकमा उत्रेर देशको शासनसत्ता जनता हातमा परेको वर्षै बिति सक्ता पनि देशमा उपयुक्त कानुन बन्न सकेको छैन् । न्याय पुर्ण कानुनको अभावमा अपराधको संख्या दिन प्रतिधीन बड्दो छ । कानुन माटो र परिवेश सुहाँउदो हुनुपर्छ अन्यथा यसको परिणाम नकरात्मक पनि हुन सक्छ । कडा भन्दा कडा कानुन बन्दैमा हिंसा बन्द  हुुन्न भन्ने सिद्ध भइसकेकै हो , यसका लागी हरेक जनतामा चेतन स्तर उक्सनु आवाश्यक छ । हामि सबैले अठोट लिनु आवाश्यक छ , अब कोहि मैना , सिवा या विन्दु बन्ने छैनन् ।
हाम्रो पुर्विय सस्कृतिमा अस्मितालाई जीवन भन्दा महत्वपुर्ण रुपमा हेरिएको पाइन्छ । अस्मिताले केहि हद सम्म अर्थ राख्छ तर जीवन अनमोल छ , जीउनु पर्छ तब पो न्याय पाइन्छ भनेर १७ बर्षको उमेरमा आज भन्दा तिन दसक अगि सन.१९८३ मा आफ्नै पुरुष साथि सँगै घर बाहिर निस्कदा केहि अपराधिहरुले जंगल तिर लगि सामुहिक वलत्कार गरि केटो साथिको ज्यान लिन लाग्दा केटोलाई नमारे आफुफेरी पनि आउने आग्रह गरि ज्यान जोगाएको सोहयीला अब्दुलाली वर्डप्रश डट कम मा लेख्छिन । उनि अहिले सफल लेखिका हुन । यसबाट हिंशा पिडितले पाठ सिक्नु पर्छ ।
कृषि प्रधान भनेर चिनिदै आए पनि अब कृषिले मात्र देश र जनताको स्तर उकास्न संम्भव नहुने देखिएको छ । कृषिका साथ पर्यटन मुल नारा हुनु आवाश्यक छ । पर्यटन व्यवसाय तब मात्र संम्भव छ जव स्थायी शान्ति उपलब्ध हुन्छ , विना त्रास यात्रा सँम्भव छ ।  
मलाई यसमा खुसी लागेको छ कि, उनि विना त्रास साँझको समयमा सार्वाजानिक यातायातमा एक्लै यात्रा, बिना संकोच म सँग सम्बाद गरी रहेकि थिईन् । यसमा आश्चार्य मान्नु पर्ने खास बात केहि नहुनु पर्ने हो । सहज वातावरणका लागी जनता र सरकारी निकायको भुमिका अपरिहार्य छ , एकल प्रायसले मात्र देसलाई सहि दिशा प्रदान गर्न संभव छैन ।
अन्त्यमा प्रथाना गर्दछु उनको जिवन घुम्टो भित्र सिमित नहोस , दिनभर अपरिचित नजरबाट र रातभर परिचित श्रीमानबाट लुटिनु नपरोस् । अबका दिनमा महिला हिंसा सम्बन्धित आवाज उठाउनु नपरोस ।  


Thursday, January 3, 2013

मानौ उनको मृतु नभएको भए

आफ्नै घरको आँगनमा बसेर सोच्दछु
मानौ उनको मृतु नभएको भए :(

उ तेही पर स्कुले बच्चा हिड्दै छन्
फरक के छ र ? रातो टाई र कालो जुत्ता बाहेक
सोचाईको सिमा टुट्न खोज्छ , मन लाग्छ सोधौ
के
तिम्रा बाउ हरेक रात जाँडमा डुबेर आउछ ?
तिम्री आमा हरेक रात आँसुमा डुब्छिन ?
या तिम्रो घरमा रात भर हुरी चल्छ ?
भनन तिम्रो नाम सिता, गीता कि फूलकुमारी ?

उन्को नाम प्रतिमा
एक दसक अगाडी उन्को मृतु
बारुदले छाती फोरेर मेरै गाँउ भएको हो
आफै भित्र गाडेर बसेका बाहेक केहि छैनन
देखाउन मिल्ने उन्को तस्बिर या उन्को प्रतिमा आफ्नै गाँऊ मा

उफ्रदै भन्या थिन एक दिन
मेरी आमा रुने छैनन् अब, बा जाँडमा डुब्ने छैनन्
भाटा लाम्न सुरु गर्या छन् रे , माओबादि आँम्छन रे हाम्रा गाँउमा
अब हाम्ले दसैमा नयाँ लुगा लाम्न पाम्छन रे 

फेरी सोच्छु
मानौ उनको मृतु नभएको भए
उनको हरेक दसैँ खुसियाली बोकेर आउथ्यो
या
हरेक दिन अपरिच नजरबाट र
हरेक रात आफ्नै श्रीमानबाट बलात्कृत, आँशु बगाउदै हुन्थिन
या मेरै अगाडी रास्ट्रीयता बजारमा लिलाम गर्दै, राष्ट्रबादी भाषन चर्क्याउदै हुन्थिन