Pages

Sunday, May 4, 2014

देशमा कोही बौलाएको छ

हामीले के बुझ्न जरुरी छ भने 
देशमा कोही बौलाएको छ
देशमा कोही द्रोही भएको छ 
देशमा कोही भ्रस्ट भएको छ 

दिमागका ट्यान्कर भनाउँदाहरु 
उपल्लो दर्जाका सोच्नेहरु 
आफु जनतै हैन सोच्नेहरु
धर्मको नाममा रगत तताउनेहरु
जातको नाममा खुकुरि तेर्साउनेहरु
भाषाको नाममा प्रोपागाण्डा मच्चाउनेहरु

दिन - भर चोकमा चिया पिएर क्रान्ति भुक्नेहरु
साँझ नपर्दै भट्टि छिरेर देशहाक्ने सपना डुकार्नेहरु
नोटको भरमा शब्द कोर्ने - समाचार कुद्नेहरु
भोट दिएको चिनो नमेटिदै नेतालाई गालि गर्नेहरु
दिनभर भजन गाएर रातभर सिरियल चाहार्नेहरु
सान्ति - सुरक्षाको जिम्मा लिएर झुमाको कपडा च्यात्नेहरु
रगत बगाएर पोईले पठाको पैसा रातभर मोबाईलमा घाँस हाल्नेहरु
बर्षौ देखि बिदेश पलाएन भएर देशमा यो भएन उ भएन भुक्नेहरु

हामीले के बुझ्न जरुरी छ भने 
देशमा कोही बौलाएको छ
देशमा कोही द्रोही भएको छ 
देशमा कोही भ्रस्ट भएको छ