सहिद
तिमिहरु हात फिजाउन खोज्थ्येउ
म पांच इन्चका बलेसोरी ठोक्थे
जतिबेला रक्ताम्मे हातहरु कम्पनथे
नसाहरु रक्त बृस्ती गर्थे
त्येही पनि तिमीहरुका आँखा खुल्ला देखिन्थे
मलाई झन रिस चढ्थ्यो
म अरु बालेसोरी पनि घुसार्थे
तिमि हरु रुनु कराउनु को साटो
"इन्कलाफ जिन्दावाद"
"त्यो दिन अवस्य आउछ"
"आमा नरोउ है, तिम्रो छोरो मरेको छैन
तिमि सडकमा उत्रेर हेर्न
हजारौ छोरा हास्तै हिड्दै हुनेछन" भन्थेउ
साँचै म पनि त्यति बेला मुग्ध हुन्थे
तर आफैले आफैलाई बलेसोरी ठोक्न सक्तैन थे
कविताको बारे
२०६४ साल माघ १२ गते मेरो आफ्नै निज-निवास बिराटनगरमा लेखेको यो कविता "सहिद"मा एउटा बन्धि(जो परिवर्तनको आवाज उठाउछ) र एउटा प्रहरीको विचारलाई उतार्न खोजेको छु । पहिला त प्रहरीलाई पनि उ आतंककारी लागेको र दण्ड दिएको तर अन्त्यमा उसको द्रिड संकल्प देखेर उसको बाटो मा एउटा सुन्दर कल्पना देखेको तर आफु त्यो बाटो हिड्न नसक्ने भावना ब्यक्त गर्नु नै यो कविताको आसय हो । भनौंन यो कविताले नेपाली चलचित्र बलिदानलाई पछ्याएको छ ।सहिदको सपना के रात को नै थियो त ?
बीर सहिद अमर रहुन
सागर काफ्ले
निज-निवास धरान