Pages

Monday, May 18, 2015

जयसलाम

पैला
रुख देख्या थिएँ
छहारी-सितलता सोच्या थिएँ
अनगिन्ती मिठा फल कल्प्या थिएँ
'जय नेपाल' सुन्या थिएँ
आहा 'जय' अनि 'नेपाल'को
"जिन्दाबाद-जिन्दाबाद"
अलि पछि
हसियाँ-हतौडा देख्या थिएँ
लह-लह हरिया बालि सोच्या थिएँ
हर नेपालीको सुन्दर घर-भकारी भरि अन्न कल्प्या थिएँ
'लाल सलाम'-'काम्रेड' सुन्या थिएँ
आहा 'लाल' यानकी 'उर्जा'
'सलाम' यानकी 'सदभाव'
'काम्रेड' यानकी 'कामदेव', 'कामदेव' यानकी 'परिश्रमका पुजारी'
"लाल सलाम - लाल सालाम"
पछि
फुस्रो बुढो 'रुख'ले घर-बार किचेको देखें
'रुख'बाट फलको आशामा प्राण त्यागेका देखें
'हसियाँ'ले घाटी रेटेर, 'हथौडा'ले टाउको फोरेर
ह्वाल-ह्वालती रगत बगाएका 'काम्रेड'हरु देखें
केहि त गर्नु नै थियो,
झोसी दिएँ 'रुख'मा सलाईको काँटि
जलाइ दिएँ रगत बलि माग्ने 'हसियाँ-हथौडा'
उडाइ दिएँ धुवाँ संगै 'भोलाटाइल' तत्वहरु
पीइ दिएँ 'खरानी' पानीमा मिसाएर
फेरी दिएँ पिसाब संगै आफ्ना कु-संकुचित बिचारहरु