"होहो माले होहो", "लाठी चार्ज", "काला कुर्ताइले " आदि जस्ता चर्चित गीत गाएर नेपालीको मन जित्न सफल गायक रामचन्द्र काफ्ले लाई एक दिन याहू च्याटमा गफै गफको बेला मैले भने "दाई म पनि कहिले काही गीत लेख्छु नि" उनले भने "ओ यो त राम्रो हो, मलाई मेल गरिदेउन"--"चेतना मुलक एउटा भर्खर लेखेको छु है त "--"ok ma timro geet herera timilai respond garchhu". तेस पछी एक दिन मैले उनलाई एउटा गीत मेल गरिदिए, जुन गितमा मैले प्राकृतिक रुप मै बचा नहुने दम्पति ले पूर्व जन्मको पापको फल सोचेर जिन्दकी अन्धकार तिर धकेल्ने भन्दा पनि " तेस्रो विचार" गर्नु पर्ने समय आएको छ जसले एउटा अनाथ बचाको भविस्य पनि उज्जल हुने र मानब धर्म हुने विचार ब्यक्त गरेको छु । जुन गीत यस प्रकार छ :
किन गुहर्छौ मुर्तिलाई,उठाउन कलीला बलकलाई
ति पनित साश फेर्छन, तिमी जस्तै पेट निचोर्छन
तिम्रो मुर्ती ले क् दिन्छ ?
आउ म दिन्छु तिमीलाई, फलिएको एक बालक
ति बिचरा कलीला बबुरा, रुदै रुदै पेट निचोर्छन
थाहा छ मलाई तिम्रो सामु, एक एक रुपया मग्छन
किन गुहर्छौ मुर्तिलाई ?
निस्कन ए बिचरी सडकमा, टिपन एक बाबुरोलाई
बान्झी भनेर किन धिकार्छौ ?
पापी भनेर किन चिच्याउछौ ?
किन दिन्छौ अगिल्लो जन्मलाई दोश ?
फगत फालिएको भएर के भो ?
ऊ पनि ता एक बालक हो ?
निस्क निस्क अहिलै निस्क
निस्क निस्क सडकमा निस्क
किन गुहार्छौ मुर्तिलाई
उठाउन कलीला बलकलाई
तिम्रो काख रित्तो छ है ?
उठाउन कलीला बलकलाई"
3 Aug 2011 मा पठाको मेल को आज लघभग तीन महिना सम्ममा पनि प्रतिकृया नाआउदा मलाई आज यस्तो बिचार आउन थालेको छ कि मेरो बिचार तेस्रो थियन या मेरो गीतमा "तेस्रो बिचार" थियन ? मैले अब यो गीत लाई टुक्रा-टुक्रा पारेर फाल्द पनि समाजलाई कुनै घाट हुँदैन ?
(तपाईंलाई कस्तो लाग्छ नि ? )
(तपाईंलाई कस्तो लाग्छ नि ? )
No comments:
Post a Comment