Pages

Wednesday, November 12, 2014

Stop !!!

आमा तपैले बुझ्दै भोग्दै आउनु भएको छ
धेरै नजन्मिदै अनि  धेरै बोल्नै नपाउदै
धेरै टुकु-टुकु हिन्दै निचोरिञ्छन रे
धेरै रजस्वला अगाडिनै
रगतको भेल बगाउछन रे !
कसैले लेखेको देखे आमा
मर्नु अगाडि सम्म त्राशमा बाच्नु पर्छ रे !
अगि लेख्न सकिन आमा
मैले लेख्नैका लागि कथा खोज्न सकिन आमा    
http://i.huffpost.com/gen/1214124/thumbs/o-VIOLENCE-AGAINST-WOMEN-facebook.jpg









                                                                                        















(Source: http://i.huffpost.com/gen/1214124/thumbs/o-VIOLENCE-AGAINST-WOMEN-facebook.jpg)

Monday, November 10, 2014

मेरो साइकल

एक दिन,
यस्ले मलाई
मेरो बास-स्थान देखि
गल्लि-सडक-नदि किनारा हुदैं
बिसाल दह ओरिपरि घुमायो, हरिया पाहड देखायो
सुन्दर पार्क अनि कलात्मक मुर्ति देखायो
वेस्टर्न देखि ईस्टर्न संगीत सुनाएर
आफैं उपहार दियर फर्कायो













त्यसपछिका दिनमा,
यसको खुट्टामा बाधेका फलामे सिक्री खोलिएको छैन
रंगिन पात पलाएर झरी सके, यसलाई अत्तोपत्तो छैन
लाग्दै छ
घुम्सिएर हिक्लिक-हिक्लिक भएको यस्ले
चाडै क्रान्तिको आन्दोलन घोसणा गर्न बेर छैन
चेन, ब्रेक, पाइडल जाम गर्न बेर छैन,
खियालाई प्रेम गरेर स्पोक भाच्न बेर छैन
निसासिएको सुरमा आफ्नै हावा पिउन बेर छैन
या 'मालिक बहिस्कार'आवाहन नै गर्न बेर छैन

Wednesday, November 5, 2014

मेरी उ

एक दिन उस्ले मलाई
उसका रंगिन सपना साटेर
आफु 'श्याम-श्वेत' छु भनि
आफ्नो पढेर ठुली ज्ञानी हुने उदेस्य सुनाएर
आफु अनपढ लाटी छु भनि
अनि क्रान्तिको नाममा मान्छे मार्ने
आफु एक हत्यारा  हुँ भनि
 
फेरी
उस्ले काली छु भनि, म उस्लाई सफा देक्छु
उस्का सफा अनुहारमा समयले लगाको दाग प्रस्ट देख्छु
उस्ले पुड्कि छु भनि, म उसमा अग्लो विचार पाउछु
उस्का द्रिढ विचार अझै नि उस्तै देख्छु-फराकिला देक्छु
उस्ले चिम्रा आँखा झन् भनि, म उस्मा फराकिलो सागर देख्छु
उस्को बीरगत श्रीमानको निसानी 'उस्को छोरो' हर क्षण नाचिरहेको देख्छु उसकै आँखामा
उस्ले नाक बाङ्गो छ भनि, म उसमा सिधापन पाउँछु
सिधै उ बर्सौ लड्या थिई युद्ध मैदानमा स्वार्थहिन

म सब्दहिन भावना पस्कि रहेंथे
उस्ले चालै नपाई उस्को ओठ मेरो ओठमा राखेर
बाहुन अझै 'बच्चा' भनि
उस्को ओठ हुदै छिरेका क्रान्तिका रागहरु
अझै नि बिस्फोटिन खोज्छन -हर रात-हर दिन

Tuesday, November 4, 2014

मेरो विज्ञानले आफ्नै आयु नाप्ने
यन्त्र आविस्कार गर्न नसकेको खुसियालीमा
कृष्णको बोलि सपाट लिएर भन्छु
झर्नु छ साथि, झर्नु छ-एक दिन
खंग्रङ्गै हुनु छ, पलाउनु जो फेरी त छदैछ