Pages

Wednesday, October 26, 2011

देवकोटा पागल कि समाज पागल

      
        भनिन्छ मानिस एक पटक जन्मन्छ तर नाटक सम्राट बालकृष्ण सम भन्छन "देवकोटा तिन पटक जन्मेकाछन, एक पटक मुना-मदनमा , एक पटक साकुन्तालामा र एक पटक पागल कवितामा" । लक्ष्मी पुजाका दिन वि० सं० १९६६ मा जन्मीएक देवकोटाको जीवनमा भने अर्थको रुपमा लक्ष्मीले भने कहिलै बास गरिनन् । वि० सं०१९९२ प्रकाशित "मुना-मदन"अजै पनि सर्बाधिक नेपालीले रुचायको पुस्तकका रुपमा तथा साझा प्रकाशनबाट प्रकाशित सर्बाधिक लोकप्रिय तथा सर्बाधिक बिक्रि भएको पुस्तक हो । दस दिनमा उनले शाकुन्ताला महाकाव्यले त बिस्वलाईनै चकित परेको छ । वि० सं०२००९ सालको जेठ तिर लेखियको "पागल"कविता उनको एक महाकाव्यनै हो भन्दा पनि फरक पर्दैन । यो कविता मा उनीले आफुले सहि कुरा बोल्दा पनि समाजले उनलाई पागल सम्जिएर राँची भर्ना गरेको घटनालाई मूल मन्त्र बनाएर समाजका हरेक क्षेत्रलाई गहिरो व्यंग्य प्रहर गरेका छन् ।
            हामीले हाम्रो समाज देखेका छौ र सुनेका पनि छौ, यहाँ "ढुंगामा देवता देखिन्छ, मुर्तिमा सास खोजिन्छ, माटोलाई जिबन बोल्दा पागल भनिन्छ" । यहाँ "क्यान्सरको उपचार गर्न रुस जादा भात्ता रोकिन्छ अनी मृत्‍यु मपरियान्त त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिन्छ" । अनि साथि "समाज पागल कि देवकोटा पगाल"? देवकोटालाई राँची लानु पर्ने कि यहि समाजमा राँची ल्याउनु पर्ने । कि म पागल , मेरो तेस्रो विचार पागल?
           आज महाकबि लक्ष्मी प्रसाद देवकोटा को १०३ औ जन्मजयन्ति भै सक्दा पनि यो समाजले उनीलाई एउटा "महाकाबी" तक्मा बाहेक केहि गरेको छैन तेस्ता असाधारण व्यक्ति जन्मेको घर आज भत्किन लागेको छ , यस्तो टुलु-टुलु हेरी बस्ने सरकार-समाज पागल कि "मानिस दिल ले ठुलो हुन्छ, जातले हैन" भन्ने देवकोटा पागल ?                                       

                पागल                                                                
जरूर साथी म पागल !                                   पागल सुन्नुहोस       
यस्तै छ मेरो हाल । 
म शब्दलाई देख्दछु !                                       अंग्रेजीमा The Lunatic पदनुहोस 
दृश्यलाई सुन्दछु ! 
बासनालाई संबाद लिन्छु ।                                                           
आकाशभन्दा पातला कुरालाई छुन्छु ।                      
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !                                     कुन मन्दिरमा जान्छौ हेर्नुहोस 
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !
                                       

No comments:

Post a Comment