Pages

Wednesday, November 12, 2014

Stop !!!

आमा तपैले बुझ्दै भोग्दै आउनु भएको छ
धेरै नजन्मिदै अनि  धेरै बोल्नै नपाउदै
धेरै टुकु-टुकु हिन्दै निचोरिञ्छन रे
धेरै रजस्वला अगाडिनै
रगतको भेल बगाउछन रे !
कसैले लेखेको देखे आमा
मर्नु अगाडि सम्म त्राशमा बाच्नु पर्छ रे !
अगि लेख्न सकिन आमा
मैले लेख्नैका लागि कथा खोज्न सकिन आमा    
http://i.huffpost.com/gen/1214124/thumbs/o-VIOLENCE-AGAINST-WOMEN-facebook.jpg









                                                                                        















(Source: http://i.huffpost.com/gen/1214124/thumbs/o-VIOLENCE-AGAINST-WOMEN-facebook.jpg)

Monday, November 10, 2014

मेरो साइकल

एक दिन,
यस्ले मलाई
मेरो बास-स्थान देखि
गल्लि-सडक-नदि किनारा हुदैं
बिसाल दह ओरिपरि घुमायो, हरिया पाहड देखायो
सुन्दर पार्क अनि कलात्मक मुर्ति देखायो
वेस्टर्न देखि ईस्टर्न संगीत सुनाएर
आफैं उपहार दियर फर्कायो













त्यसपछिका दिनमा,
यसको खुट्टामा बाधेका फलामे सिक्री खोलिएको छैन
रंगिन पात पलाएर झरी सके, यसलाई अत्तोपत्तो छैन
लाग्दै छ
घुम्सिएर हिक्लिक-हिक्लिक भएको यस्ले
चाडै क्रान्तिको आन्दोलन घोसणा गर्न बेर छैन
चेन, ब्रेक, पाइडल जाम गर्न बेर छैन,
खियालाई प्रेम गरेर स्पोक भाच्न बेर छैन
निसासिएको सुरमा आफ्नै हावा पिउन बेर छैन
या 'मालिक बहिस्कार'आवाहन नै गर्न बेर छैन

Wednesday, November 5, 2014

मेरी उ

एक दिन उस्ले मलाई
उसका रंगिन सपना साटेर
आफु 'श्याम-श्वेत' छु भनि
आफ्नो पढेर ठुली ज्ञानी हुने उदेस्य सुनाएर
आफु अनपढ लाटी छु भनि
अनि क्रान्तिको नाममा मान्छे मार्ने
आफु एक हत्यारा  हुँ भनि
 
फेरी
उस्ले काली छु भनि, म उस्लाई सफा देक्छु
उस्का सफा अनुहारमा समयले लगाको दाग प्रस्ट देख्छु
उस्ले पुड्कि छु भनि, म उसमा अग्लो विचार पाउछु
उस्का द्रिढ विचार अझै नि उस्तै देख्छु-फराकिला देक्छु
उस्ले चिम्रा आँखा झन् भनि, म उस्मा फराकिलो सागर देख्छु
उस्को बीरगत श्रीमानको निसानी 'उस्को छोरो' हर क्षण नाचिरहेको देख्छु उसकै आँखामा
उस्ले नाक बाङ्गो छ भनि, म उसमा सिधापन पाउँछु
सिधै उ बर्सौ लड्या थिई युद्ध मैदानमा स्वार्थहिन

म सब्दहिन भावना पस्कि रहेंथे
उस्ले चालै नपाई उस्को ओठ मेरो ओठमा राखेर
बाहुन अझै 'बच्चा' भनि
उस्को ओठ हुदै छिरेका क्रान्तिका रागहरु
अझै नि बिस्फोटिन खोज्छन -हर रात-हर दिन

Tuesday, November 4, 2014

मेरो विज्ञानले आफ्नै आयु नाप्ने
यन्त्र आविस्कार गर्न नसकेको खुसियालीमा
कृष्णको बोलि सपाट लिएर भन्छु
झर्नु छ साथि, झर्नु छ-एक दिन
खंग्रङ्गै हुनु छ, पलाउनु जो फेरी त छदैछ

Monday, September 22, 2014

कल्पना अनि यथार्तता

sketch: http: //25.media.tumblr.com/
तिम्री आमाले एकादेशको  'समय'
राजकुमारको कथा भाका हाली-हाली ' लय ' 
'तेजस्बी, अति सुन्दर, घोडामा राजकुमारीलाई लिन ..... '' कल्पना '
सुनाए झैँ मलाइ नि मेरा बा ले
'सुन्केस्री कथाहरु' सुनाउनु भको छ
तिमीले झैँ मैले नि
'सुन्केस्री रानी अब त ओर्लनछिन नि!' सोधेको छु
धरातल हाम्रो एक हो
फरक यति हो तिम्री आमाले तिमीलाई सुताउन सुनाउथिन ' लोहोरी ' 
मेरा बा ले मकै छोड्यादा समयको पत्तो हुन्न भनेर सुनाउनु हुन्थो  'बाध्यता'
उपल्लो देशको राजकुमारका कल्पना
निन्द्रका औसधि 'लोहोरी' हुन

लगाइदिने औठी सुनको किन्न धौ-धौ पर्ने बेलामा " महंगी " 
सुनका केशकी राजकुमारीको कल्पना त्यागेको छु " यथार्तता " 

घोडा नभएर के भो र, बादल पारीको देश नलागेर के भो र
'सिमांचल एकास्प्रेस'मा चडाएर' बनाराश देखि गोआ 'सम्म संगै जाने सोचेको छु " सपना " 
बिशाल पर्खाल भित्र तिमीलाई सिमित नराखेर खुल्ला हावामा कावा खुवाउने सपना देखेको छु "'स्वतन्त्रता'' 
बिशाल पर - पर सम्म तिमि उडेको हेर्न मेरा आँखा आतुर छन्'''' रहर 
म कालो हुँला, मेरा नारि तिमीलाई रक्षा गर्न समर्थन नहोलान
तर तिम्रा पाखुरा बलआउने उत्प्रेना दिन मेरा ओठ थाक्ने छैनन् "निरन्तरता" 
कल्पना भन्दा मजबुद केहि हुन्न सम्झ " सोच " 
तिम्रो राजकुमारले घोडालाई खुल्ला छोडेर " दासमुक्त " 
तरबारबाट आफ्नु सक्ति बिकेन्द्रित नगरेर  ' सान्ति '
तिम्रा सामु खडा छ ' समानता ' 
तिमीलाई अलिसान दरबारमा पाल्ने नभएर ' खुसि ' 
'जिन्दगि भरि उत्प्रेनाका साथ दिने बाचा गर्दैछ' ' उत्प्रेना '' साथ ' 

Wednesday, September 17, 2014

बा, म, ऊ: प्रस्ताब

बा, मेरो बा
मलाई बाँसको फिर-फिरे बनाइदिने बा
मलाई काँधमा बोकी स्कुल लाने बा
म भन्दा पहिला आसुँ झार्ने बा
तपाइंको कथा सुन्दै हुर्केको म
आज मेरो भुत सुन्नुस है
है बा
तपाइंलाई जदौ गर्ने बिर्खेकी छोरी
तपाइंले हाल्देकै पाठशालामा भेटेको
मेरी बालसखा हो-मिठिकुमारी
उसले एक दिन टिफ़िनमा जुठो खुवाएकी थिई
त्यहि साँझ स्कुलबाट फर्कदा चुमेकी थिई
पोइला लाने आग्रह गरेकी थिई
त्यो रात जात र प्रेमको दोसाँधमा निन्द्रा नपर्दा
तपैले मोहिखाएको याद आयो बा
हामि दुवैको जात गएको आज याद आयो

थाहा छ बा
हाम्रा घर्मा बन्धुक धारी आउनु पूर्व एक दिन
उसको आँखामाक्रान्तिको ज्वाला बलेको देखे
उसले सभ्रान्तका बिरुद्ध लड्छु
जात र दमनको पर्खाल भत्काउने
आदि इत्यादि कुरा गरेकी थिए

अनि के बा,
बर्षौ पछि हिजो एक्कासी उ संग भेट्भो
उ संगै अतितको भेल आयो
जनयुद्धको उपलब्धि र क्षतिको बहस आयो
उसको बीरगत श्रीमानको मृत्यु र
उसको उपहार छोरोको कुरा आयो
अनि के बा
उसको हातबाट युद्धको गन्ध आयो
बन्धुके ठेलामा एक बेग्लै घ्रसण आयो
उसको आँखाबाट आशुँको भेल आयो
कता-कता मेरो मस्तिस्कामा प्रेमको छाल आयो
उ र म बीच नजानिँदो सामिप्यता आयो
'मेरो ओठमा उसको ओठको चिसो आयो'
बा, मेरो बा
आमाको काखको न्यास्रो लागेर आयो
अनि नि बा
एक्कासी फेरी उसैबाट प्रेमको प्रस्ताब आयो
त्यो संगै तपाइले चिया पसलमा बोलेका विचार
समानता र सहयोगिपनको याद आयो बा
बा, त्यो हेर्दा ठ्याक्कैहामि जस्तै छे
हामि जस्तै बोल्छे
अनि उसको छोरो
ठुलो-बुवाको नाति जस्तो छ
उस्ले भनेकी
तपैंमा कुप्रथाको कुनै कण बाकि छैन रे
हो बा?   

Sunday, August 10, 2014

आखिरमा जिन्दगि त दर्पण छायाँ त रहेछ नि

म सानु स्कुलमा पढ्ने बालक हुँदा चलचित्र घर भित्र पसेर चलचित्र हेर्दा नि टाउको दुख्ने, पेट दुख्ने इत्यदि हुन्थो.  एक पटक मेरागाम मा, स्कुल्मा खुबै दु: खित समाचार चायो, 'हिरो श्री कृश्ण श्रेष्ठलाई क्यान्सर लागो रे उन्लाई खुन दिनु पर्छ रे'.  धेरै मेर थालो स खि हरु खुन म दिन्छु भन्दै गरेको सुनिन.  त्यतिबेला मैले खासै उन्को फिल्म नहेरे पनि एउटा बेग्लै उदास म पनि छाएको थियो, उनका लागि केहि गर्नु पर्छ भनेर धेरै समय सोचमा दुब्या अझै याद आउछ.  केहि समय पछि उहाँको रोग निको भो भन्ने खबर आउदा मेरो स्कुलमा एउटा उल्लास नै छाएको थियो, साथीहरुको मुहारमा एका - एक हसिलो छाल आएको थियो.
पछि जब जब ऊहाँका चलचित्र हेर्दै गए उहा प्रतिको सम्मान बढ्दै गयो, तेस्तो कुनै एक सिनेमा हेरिएन जुन हेरुञ्जेल पुरानु झझल्को न - आएको होस्.
केहि समय अगि राजेस दाई पछि उहाँले बिहा ​​गर्नु भएको समाचारले पनि एउटा बेग्लै तरङ्ग ल्याएको थियो
आज बिहान एक्कासी जब फेसबुक लग - इन गरें उहाको मृत्युको समाचारले एक छिन सबै टक्क अडिएझै लागो, मेरो बर्तमान पज भए जस्तो, अहिले सबै कुरा झल् - झली आई रहेको छ, उहाको आत्मा चाडै. हिमालपारिको भूभागमा कुनै रुपमा आओस प्राथना गर्दछु.  आखिरमा जिन्दगि त दर्पण छायाँ त रहेछ नि.

Saturday, August 2, 2014

Automating agriculture

BY - Kshitij Adhikari & Sagar kafle
The government has taken a positive by declaring the Next Step ten years as a 'Decade of Agricultural Revolution'. Mechanisation By prioritizing Farm, the Country can Go a long way in Increasing Agricultural Production and ITS can pursue Necessary Steps Toward this promised 'Agricultural revolution '.
Reasons to mechanise
Nepal's diversity of crops, soil, Climate, and Agricultural practices Requires Improved Equipment for Product cultivation. It is Important to Acquire Improved hand Tools, Animal-drawn implements, Power tillers and Tractors, Depending on the terrain conditions. While doing so, we need to ensure that the Equipment is Cost-effective and Energy-efficient and reduces drudgery. Requires This carefully chosen, tested, refined and Equipment Designed based on Site-specific feedback. On-Farm Trials Also have to be conducted for adaptation and to Enhance Regional crop production and productivity by ensuring the timeliness of farm operations and the efficient use of inputs.
Power Availability per hectare in Nepal is quite low, compared to other South Asian countries. This could be a Problem IF Nepal seeks to attain sustainable growth in Agriculture Farm mechanisation through. According to the 2012 Nepal Economic Growth Agenda report, "Only 1 percent of Farmers own a tractor or Power Tiller; 52 percent of them own or Improved Basic types of Equipment like plows plows; Farmer and merely 7 percent of households own a pumping SET. .. The Agriculture Sector, Which employs More than 66 percent of the Workforce, contributed Only 35 percent of the GDP. The average growth rate of the Agriculture Sector Between 2002 and 2011 has been 3.18 percent. "Clearly This situation highlights the inefficiency of the Technology used in Nepal's Agricultural Sector.
Setbacks for growth
According to Shreemat Shrestha, Chief Division of Agricultural Engineering at the Nepal Agricultural Research Council, "Mechanical Power contributes to Agriculture Activities Only 23 percent, mainly in cultivation and threshing, out of Which is solely utilised 92 percent in the Tarai. Animal Power as a primary source contributes 41 percent of Farm Power and Power contributes 36 percent human. Women alone constitute 64 percent of the total human Workforce. "Tractors are imported with low custom duties and Taxes in the name of Agricultural mechanisation. But nowadays, these are More Often seen carrying construction materials rather than being used in agriculture.
Additionally, FOOD Security is a serious Challenge for the government as millions of youths are compelled to Leave the Nation to Meet Their Basic needs. The 2011 Census Shows a population growth rate of 1.35 per annum, nearly doubled in Which Three decades. The Agricultural growth rate, however, is 3.18 percent, Which needs to Increase steadily in order to address FOOD Security Issues and More Contribute to the GDP. To that end, the government Must Farm modernisation use as a Strategy to deter youths from Nepal's Leaving the Country.
The Agricultural Mechanisation Division Directly under the Agricultural Engineering Division could ASSESS the current status and impact of Agricultural mechanisation. Spite, Farm mechanisation-related projects can be conducted in Collaboration with the Institute of Engineering. Purwanchal The Campus in Dharan has the capability to Conduct Research -oriented Programmes and Farm Machinery-based Studies. Gradually, we can SET up a Centre for Testing Farm Equipment, thus providing students with exposure to the status of Farm Machinery.
Also this could Help the government maintain a Proper standardisation of Farm Machinery at the National Level as Required. Initiating Research Programmes would Improve the existing practices and Agricultural Technologies. When the government establishes an Innovative and Competitive Environment with Rewards, Aspiring Personnel will Seek opportunities to participate. Eventually, this could Provide an Extra Boost to Researchers as well as the mechanisation Process.
Equipment for farms
However, Despite promoting mechanisation Farm, the Agriculture Ministry publishes Controversial Policies Which sometimes Farmers dissuade from using Advanced Technologies. A recent Decision to Ban the combine Harvester has had a negative impact on Farms. On the other hand, developed countries are fully mechanized, equipped with leading technologies such as precision agriculture and automation of machineries for optimum profitability, sustainability and protection of the land resources.
Nepal is a Land-scarce Country in terms of cultivable Land; Only 11.7 percent of the Land is used for Agriculture, According to current World Bank data, with Land Availability per Household Decreasing from 0.8 hectares in 2001 to 0.6 hectares in 2008, According to the Central Bureau of Statistics. Land fragmentation is One of the primary drawbacks to mechanisation.
More Attention should be paid to selectively So introducing mechanisation Powerful Technology with a mixed approach of having an Organic base to Harness More Productivity and Profitability while Addressing soil and environmental Issues. Knapsack-type Light-Weight Power Tools May be More am truly concerned about for cultivation on terraces and Hill slopes. tillers with matching Light-Weight Power Equipment can be Recommended for cultivation in the valleys and terraces. And Even Made Animal farming Systems can be efficient by introducing harnessing Improved Systems and Equipment packages matching Such as rotary-mode applications work for Animals.
Furthermore, as Women are the primary human Currently Sources of Power in Farms, Women-friendly Tools and Equipment should be introduced to Increase output and Reduce drudgery. Skill-oriented Training could be organised by I / NGOs, Agricultural Research Institutes and Centers to government Benefit Farmers. exempting Tax Tool for Agricultural imports would encourage Also Relaxing Advanced mechanisation of custom duties and the Agriculture Sector.
------------
This article is published on July 29 in The Kathmandu Post. 
Click here to Read in The Kathmandu Post.

Sunday, June 8, 2014

लालबाबु पण्डित र रास्ट्रियता

पहिले पटक हचुवामा (लहि - लहैमा) कबिता बाचन गर्दा मैले सान्त्वना पुरस्कार पाएको थिए. पुस्पलाल स्मृति क्लबले गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि 'लाल बाबु पण्डित' थिय. उनले 56 को चुबाबमा होला मेरै गाउको क्षेत्रबाट चुनाब जितेका थिय त्यहि भएर उनलाई ठम्याउन खासै गाह्रो परेन. कालो बर्नका अलिक होचा, भुक्के चपल लाएका, खासै भाकामिलाएर नबोल्ने, कुर्सिमा पनि खुट्टा माथि राखेर बसेका थिए. मेरो पार्टिका संसदलाई हराएकाले तेतिबेला उनि मलाई मन पर्दैन थिए. पहिलो संबिधान सभाको चुनाबमा उनीले हारे जस्तो लाग्छ तर दोस्रो चुनाबमा समानुपातिकमा परेका उनि मन्त्रि भएका छन् र बिगत केहि समय देखि उनि केहि मुद्धा (प्रणाली) लिएर निकै चर्चित छन्. उनि मन्त्रि  भै सके पछि पनि उनको जीवन सैली उस्तै देखिदै छ, उनि रास्ट्रियताको सवालमा कट्टर देखिदैछन. कता - कता उनीबाट रास्ट्र प्रेमको सुगन्ध महसुस गरे मैले. 
उनि बारे खासै अध्यन नगरी लेख्दा केहि कमजोरी भएमा माफ चाहान्छु। उनि सामान्य प्रसासन मात्री भएर पनि ठुलो कदम चाल्न खोज्दैछन, उनको कदमलाई सलाम गर्छु.

Monday, June 2, 2014

सम्झनामा १३ बर्ष; बिरेन्द्र बंस नाश

1. म बिहान उठेर युनिसेफले गाडिदेको कलमा मुख धोएर घर अगाडि बाटोमा निस्केको थिए. मामाको छोरो गोपालदाई साइकल नरोकी कन चिच्याउन थाल्नु भो, 'भिनाजु बिरेन्द्रको त साखा - सन्तान मरे रे नि'. को बिरेन्द्र? पारि लाल्मुनी चोकको हो कि काहा को? यस्तै कुरा दौडिन थालेको थियो. बुवाले 'ओई केटा रेडियो लेर आइज त कुद्दै गएर' भन्नु भो. राति अबेर सम्म गाना सुनेर सिरानमा राखेको रेडियो त्यहि ठाममा थियो. मैले कुदाउदै रेडियो लगेर बुवालाई दिए. बुवाले रेडिओको ब्याण्ड बटार्न थाल्नु भो, 'ट्वा .. ट्वा मात्र आइ राको थियो. बुवाले 'आकास बानि' 'बि.बि.सी.' लगाउन ब्याण्ड बटार्दै भन्नु भो 'ज्या है खतम भएछ, हाम्रा राजा मारिएछन'. एक छिन टिक्क समय अड्केको जस्तो लागो, हास्दै भित्तमा झुण्डिएका हाम्रा राजा पो मारिएका रहेछन.  

2. बिस्तारै माहुल स्वकाकुल हुदै गयो, केहि दिन पछि मेरा दाइहरुले बिराटनगरबाट श्रदान्जली स्वरुप कपाल मुण्डन पारेर गाम आउनु भो. गामका केहिले नि मुण्डन गरेको देखेको थिए.

3. तेस्को केहि समय पछि हाम्रामा एक जाना दाइ देखा परे, उनको नाम नखुलाउ तर उनको घर भन्दा मेरो भन्दा अलिक टाढा मास्तिर थियो र मेरो घर भन्दा अलिक मुन्तिर उनको जग्गा थियो. काका - काकी भन्दै उनि खुसि भएर बोले म संग नि. बुवा या आमाले कसले हो 'बाबु राजाको पुत्ला जलार तलाई समाएको हैन, कसरि छुटिस' भन्नु भो. गामबाट बिराटनगर अनि तिहाबाट उनीलाई हनुमान ढोका पुर्याएको रहेछ. नया सैनिक प्रमुख नियुक्त हुदा वा के गर्दा खुसियालीमा छुटेका रहेछन दाइ, दाइ माओबाधि रहेछन.

4. 'माओबाधि पो बोलाकी रहिछ यार, त्यो संग टासिएर किस खादै गरेको फोटो बनाको थिए क्या'' ए होर अनि? 'धन्न यार माओबादि त आफ्नै साथि परेछ' हाहा .... हाहा

5. एक दिन मेरो घर अगाडि बन कार्की दाइ लाइ कसैले कुट्ट्दै थियो '- आमाले भन्नु भो बाहिर ननिस्कि माओबाधि हुन्. तेस्तॊ साह्रो त कुट्न नहुने आमा, आफ्नै सम्पति खाका हुन्''.

6. 'तास खेल्न नजानु है बुवा, तास कोच्याउछन रे नुन संग'' - आमाले बोल्नु भएको थियो.

7. धेरै दिनको बिराटनगर बसाइ पछि, गाम फर्केको त गाममा छ्याप - छ्याप्ती भै सक्या रहेछन, हाम्रामा त तिनीहरु बास हुन थालेछ, एक घर एक मान्छे रे! भोलि नै पल्ट बुवाले मलाई लेर गाम छोड्नु भो.

Eight. ति बाहुनको घरमा किन भिण भनेर हेर्न गको, आमा - बाउको विरुद्ध माओबाधि पो लेर आको रहेछ छोरो ले त, 'दाइ हजुर हरु त्यो दाइ लाइ छिनु हुन्छ (मेरै गामको त्यहि दाई) भनेर कुरा सुरु गरेर, घटना बुझेर मात्र उफ्रन राम्रो हुने एक डोज हान्देको थिय.

9. एस.एल.सी. सकिएको फुर्सद सदुपयोग गर्दै महेन्द्र चोक बिराटनगरमा धेरै धाइएको थियो, एक जाना दिदिले भाइ नि राजा विरुद्ध कबिता भनेर मलाई धेरै उकासेकी थीइन. राजाले गद्दी त्याग्दै कस्तो कस्तो लागेको थियो, केहि उपाय निस्केला भनेको गिरिजा बाबुको बुढो दिमागले खै के बनायो - बनायो.

10. देस मा के - के तन्त्र घोषना हुने काम भए, आन्बिकाले कम्युनिस्टमा लेखे जस्तै कति कथा भए, कति लेखिए कति माटोमा बिलिन भए. को - को सरकारमा गए, आस्वासन र परिस्थिति उस्तै - उस्तै भए.

आज बिरेन्द्र बंस नाश भएको नि 13 वर्षा पुगेछ, म 12 बर्से केटोनि 25 बर्ष पुगी सकेछु, गाम - बिराटनगर - राजधानी हुदै कोरिया सम्म आइ पुगेको छु. कहिले काही यो देशको इतिहास पड्छु बर्तमान हेर्छु अनि मेरो देश सम्झन्छु.

Sunday, May 4, 2014

देशमा कोही बौलाएको छ

हामीले के बुझ्न जरुरी छ भने 
देशमा कोही बौलाएको छ
देशमा कोही द्रोही भएको छ 
देशमा कोही भ्रस्ट भएको छ 

दिमागका ट्यान्कर भनाउँदाहरु 
उपल्लो दर्जाका सोच्नेहरु 
आफु जनतै हैन सोच्नेहरु
धर्मको नाममा रगत तताउनेहरु
जातको नाममा खुकुरि तेर्साउनेहरु
भाषाको नाममा प्रोपागाण्डा मच्चाउनेहरु

दिन - भर चोकमा चिया पिएर क्रान्ति भुक्नेहरु
साँझ नपर्दै भट्टि छिरेर देशहाक्ने सपना डुकार्नेहरु
नोटको भरमा शब्द कोर्ने - समाचार कुद्नेहरु
भोट दिएको चिनो नमेटिदै नेतालाई गालि गर्नेहरु
दिनभर भजन गाएर रातभर सिरियल चाहार्नेहरु
सान्ति - सुरक्षाको जिम्मा लिएर झुमाको कपडा च्यात्नेहरु
रगत बगाएर पोईले पठाको पैसा रातभर मोबाईलमा घाँस हाल्नेहरु
बर्षौ देखि बिदेश पलाएन भएर देशमा यो भएन उ भएन भुक्नेहरु

हामीले के बुझ्न जरुरी छ भने 
देशमा कोही बौलाएको छ
देशमा कोही द्रोही भएको छ 
देशमा कोही भ्रस्ट भएको छ

Tuesday, March 18, 2014

"हेने के भै रा छ हँ, लासहरु चिच्याई रहेछन त"

portrait source
हप्तौँ सम्म सडक ठ्याप्प छ
दैनिक खाने अन्न आयात रोकीएर,
बच्चा रोएको आवाज बढ्या बढ्यै छ
हैन के भई रा छ हँ यहाँ ?
हजारौँ जीउँदा लासहरु
राँको बोकेर दौडिरहेका छन् त †
कोहि दौडी– दौडी चिच्याउँदै छन् जिन्दाबाद मुर्दावादहरु
कोहि पुत्लाहरु मथि ढुङ्गा बर्साइरहेका छन्
कोहि सडक पुरै ढाकेर लम्पसार पल्टिरहेका छन्
हात उठाइ–उठाई अनेक शब्द फलाकि रहेका छन्
हैन के भई रा छ हँ यहाँ ?
रक्ताम्मे लासहरु आज पनि सहर , सडक , विद्यालय, उद्योग........

संकोच उब्जन्छ
कतै मैले गलत बाटो त †
हैन पक्कै हैन
गलत हुनै सक्दैन
उ यहिँ त छ नि
चाउरे दर्जिको चिया पसल
कुष्ण प्रसाद वाजेको लेडिज एण्ड जेन्टस्

हैन मेरो मस्तिस्कमा त चोट लाग्या छैन्
किन , त्यो वकिलको छोरो लास पछ्याई रहेछ
सोध्न मन लाग्छ्
ए बाजे
“मरो स्थान....?” प्ले कार्ड वोकेर किन कुदिरा छौ ?
यहाँ किन “वान , हाट , खस, सी......”?
यहा कस्ले किन, कस्लाई पेलिरहेछ ?

चिच्याउन मन लाग्छ
ए लासहरु हो.....
“आखिर नाममा के छ ?”
नेपाली र नेपाल भए, पुगेन र ?


(धरान भानु चोकबाट ईञ्जिनियरिङ्ग क्याम्पस टेम्पोमा आउदा मित्र सन्जिब मगर  संग च्याट हुदा हुदै फुरेको "हेने के भै रा छ हँ, लासहरु चिच्याई रहेछन त"  लाई  २०६८ असार १५ गते देखि १८ गते सम्ममा कबितामा ढालेको थिए।  आज सेयर गर्न मन लाग्यो)

Wednesday, February 19, 2014

सहिद

Photo courtesy: http://bpntrp.files.wordpress.com/2013/01/bsn-md-siphal-1.jpg
जिवनका रहरहरु विर्सने
एक महापरुष
मेरो अगाडी बडो गजबले
अमर छ
अमर
मर

के छ ?
काहाँ छ ?
के पाएको छ ?
एक विरोधाभाष
मृत छ अमर कहलिएको छ

ए जिवनका रहरहरु विर्सने
१. ‘ इतिहासका अक्षरहरुसँग
आफ्ना रक्तकोषिकाहरु
साट्दाको अनुभव सुन्न मन छ ’


२. ‘ भर्खरै सँगै जिउने – सँगै मर्ने
कसम खाएर भित्राएकी स्त्रीलाई
सुहागरातमै चिसै ओछ्यानमा छोडेर
युद्द मैदानमा उत्रदाको अनुभव सुन्न मन छ ’

धमिलींदै छ तिम्रो तस्बीर मेरो मानसपटलमा
बताई देउन किन सम्झने तिमिलाई


(अब बिछोड उर्जामा बदल्नु छ
रगत जित्ने शब्द कोर्नु छ)

 सहिदको लाशमा टेकेर आएको प्रजातन्त्रलाई सस्थागत गर्न सकिएन भने त्याग के का लागि , समर्पण के लागि भन्ने प्रश्न बाड बनि आउछ।  सहिद दिवसको दिन लेखेको अ-परिमार्जित कविताको।