Pages

Wednesday, February 19, 2014

सहिद

Photo courtesy: http://bpntrp.files.wordpress.com/2013/01/bsn-md-siphal-1.jpg
जिवनका रहरहरु विर्सने
एक महापरुष
मेरो अगाडी बडो गजबले
अमर छ
अमर
मर

के छ ?
काहाँ छ ?
के पाएको छ ?
एक विरोधाभाष
मृत छ अमर कहलिएको छ

ए जिवनका रहरहरु विर्सने
१. ‘ इतिहासका अक्षरहरुसँग
आफ्ना रक्तकोषिकाहरु
साट्दाको अनुभव सुन्न मन छ ’


२. ‘ भर्खरै सँगै जिउने – सँगै मर्ने
कसम खाएर भित्राएकी स्त्रीलाई
सुहागरातमै चिसै ओछ्यानमा छोडेर
युद्द मैदानमा उत्रदाको अनुभव सुन्न मन छ ’

धमिलींदै छ तिम्रो तस्बीर मेरो मानसपटलमा
बताई देउन किन सम्झने तिमिलाई


(अब बिछोड उर्जामा बदल्नु छ
रगत जित्ने शब्द कोर्नु छ)

 सहिदको लाशमा टेकेर आएको प्रजातन्त्रलाई सस्थागत गर्न सकिएन भने त्याग के का लागि , समर्पण के लागि भन्ने प्रश्न बाड बनि आउछ।  सहिद दिवसको दिन लेखेको अ-परिमार्जित कविताको।