Pages

Monday, November 10, 2014

मेरो साइकल

एक दिन,
यस्ले मलाई
मेरो बास-स्थान देखि
गल्लि-सडक-नदि किनारा हुदैं
बिसाल दह ओरिपरि घुमायो, हरिया पाहड देखायो
सुन्दर पार्क अनि कलात्मक मुर्ति देखायो
वेस्टर्न देखि ईस्टर्न संगीत सुनाएर
आफैं उपहार दियर फर्कायो













त्यसपछिका दिनमा,
यसको खुट्टामा बाधेका फलामे सिक्री खोलिएको छैन
रंगिन पात पलाएर झरी सके, यसलाई अत्तोपत्तो छैन
लाग्दै छ
घुम्सिएर हिक्लिक-हिक्लिक भएको यस्ले
चाडै क्रान्तिको आन्दोलन घोसणा गर्न बेर छैन
चेन, ब्रेक, पाइडल जाम गर्न बेर छैन,
खियालाई प्रेम गरेर स्पोक भाच्न बेर छैन
निसासिएको सुरमा आफ्नै हावा पिउन बेर छैन
या 'मालिक बहिस्कार'आवाहन नै गर्न बेर छैन

No comments:

Post a Comment