Pages

Thursday, January 3, 2013

मानौ उनको मृतु नभएको भए

आफ्नै घरको आँगनमा बसेर सोच्दछु
मानौ उनको मृतु नभएको भए :(

उ तेही पर स्कुले बच्चा हिड्दै छन्
फरक के छ र ? रातो टाई र कालो जुत्ता बाहेक
सोचाईको सिमा टुट्न खोज्छ , मन लाग्छ सोधौ
के
तिम्रा बाउ हरेक रात जाँडमा डुबेर आउछ ?
तिम्री आमा हरेक रात आँसुमा डुब्छिन ?
या तिम्रो घरमा रात भर हुरी चल्छ ?
भनन तिम्रो नाम सिता, गीता कि फूलकुमारी ?

उन्को नाम प्रतिमा
एक दसक अगाडी उन्को मृतु
बारुदले छाती फोरेर मेरै गाँउ भएको हो
आफै भित्र गाडेर बसेका बाहेक केहि छैनन
देखाउन मिल्ने उन्को तस्बिर या उन्को प्रतिमा आफ्नै गाँऊ मा

उफ्रदै भन्या थिन एक दिन
मेरी आमा रुने छैनन् अब, बा जाँडमा डुब्ने छैनन्
भाटा लाम्न सुरु गर्या छन् रे , माओबादि आँम्छन रे हाम्रा गाँउमा
अब हाम्ले दसैमा नयाँ लुगा लाम्न पाम्छन रे 

फेरी सोच्छु
मानौ उनको मृतु नभएको भए
उनको हरेक दसैँ खुसियाली बोकेर आउथ्यो
या
हरेक दिन अपरिच नजरबाट र
हरेक रात आफ्नै श्रीमानबाट बलात्कृत, आँशु बगाउदै हुन्थिन
या मेरै अगाडी रास्ट्रीयता बजारमा लिलाम गर्दै, राष्ट्रबादी भाषन चर्क्याउदै हुन्थिन




1 comment:

  1. wow .....sabda ra bichar ko bejod fusion kafle ji

    ReplyDelete